मुख्य समाचार
एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी
एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी

: नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले अघि बढाउन नेतृत्वमा दाबी गरेको बताएका छन्।

सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले पार्टीलाई विधि पद्धति अनुरूप ठिक ढंगले चलाउनका लागि नेतृत्वमा दाबी गरेको बताएका हुन्। अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको उनले बताए।


पोखरेलले पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनव्र्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे। उनले बहुदलीय जनवादले निर्देशित एमालेमा आन्तरिक प्रतिस्पर्धालाई अस्वभाविक मान्न नहुने जिकिर गरे।

त्यस्तै ईश्वर पक्षका महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले एमाले प्रतिनिधिले पार्टीलाई एकताबद्ध गर्न आफूहरूलाई सहयोग गर्ने बताए।

त्यस्तै उपाध्यक्षका उम्मेदवार गोकर्ण विष्टले चुनावी प्रतिस्पर्धा भएपनि कसैप्रति पूर्वाग्रह नहुने बताए। नेतृत्व परिवर्तन र हस्तान्तरण समयको माग भएकाले सामूहिकतामा पार्टीलाई चलाउनका लागि उम्मेदवारी दिएको उनले बताए।

त्यस्तै उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टीको पुरानै नेतृत्वप्रति धेरै प्रश्न उठेकाले नयाँ नेतृत्वका साथ पार्टीलाई अघि बढाउनुपर्ने बताए।

त्यसैगरी सचिव पदमा उम्मेदवार कर्ण थापाले अध्यक्षले नै टिमको घोषणा गरेकाले आफूहरू पनि छुटै टिम घोषणा गरिएको धारणा राखे। उनले अव सहमतिको सम्भावना नरहेकाले लोकतान्त्रिक विधि अनुसार नेतृत्व चयन हुने जिकिर गरे।

एमालेको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टा छुट्टै टिम बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। एमाले नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...