मुख्य समाचार
नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

— उत्तरी कोरला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो ।



हिउँदयायमा नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती हुने गरेको छ । एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधिसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।


प्रमुख पौडेलसहित लोमान्थाङ–२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) र नेपाल प्रहरी गरी करिब एक दर्जन टोली सेताम्मे हिउँमा माइनस तापक्रमको प्रवाह नगरी गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ ।

संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल–चीन कोरलानाकाको २४ नम्बर सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमास्तम्भ २५, २६, २७ र २८ नम्बर सीमाक्षेत्रमा पुगेर गस्ती गरेको हो । उपल्लो मुस्ताङमा गत कात्तिक १० गते भारी हिमपात भए पनि त्यसयता भएको छैन । यद्यपि नेपाल–चीन सीमाक्षेत्रमा कात्तिक १० गते परेको हिउँ यथास्थितिमै छ । त्यहाँ सीमाक्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।

हिउँदयामसँगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माइनस २० डिग्रीमा झर्ने गरेको छ । चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेँसी झरिसकेका छन् । सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा ...
। अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट गरेका छन् । १० बर्षदेखि न्यायको खोजीमा रहेको मिजार परिवारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकमन्त्री सीता बादी र सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई भेटेको हो । अजितका बुबा हरिभक्त र आमा कालीले बादी र परियारलाई भेटेर पुन: फरेन्सिक परीक्षणको माग ...
। होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ । साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन् । यस्तै, महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप ...
। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरेका हुन् । उनले युवाहरूको सपना र आदर्शलाई ...
। देशभर अपराधमा वृद्धि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार अनुसार ४ दशमलव ३५ प्रतिशतले अपराध वृद्धि भएको हो । शुक्रबा प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले अपराधमा वृद्धि भएको बताए । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभरका प्रहरी कार्यालयमा गरी ६१ हजार १६ मुद्दा दर्ता भएका ...