मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताए
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताए

— गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए।



‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीं कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुँदैन,’ उनले भने, ‘यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुरूप भएको हो।’

उनले फरार कैदीबन्दीका सम्बन्धमा कुल फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता आइसकेको र बाँकी पनि आउने क्रममा रहेको बताए। ‘लुटिएका हतियारका सम्बन्धमा पनि विशेष अपरेसन चलाएर गृह प्रशासनले काम गरिरहेको छ,’ उनले भने, ‘रिकभरीको अवस्था निकै सुदृढ हुँदै गएको छ।’ उनले दलसँगको वार्ता र संवादको विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी रहेको बताए। वार्ता, संवाद र छलफलका लागि सरकार खुला रहेको उनले स्पष्ट पारे।

उनले आगामी २१ फागुनमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार तयारी भइरहेको जानकारी दिए। स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भइसकेको बताउँदै उनले राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएको विषयमा गृह प्रशासनले काम गरिरहेको बताए।
About 70 percent of escaped prisoners have returned: Home Minister Aryal

उनले सरकारले जेन–जी आन्दोलनलाई अपनत्व ग्रहण गरी दस्तावेजीकरणका साथ जेन–जीका माग र सहिदका सपनालाई टुंगोमा पुर्‍याउने गरी प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबीच सम्झौता भई राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको बताए।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये सुरक्षा गोष्ठी पनि एक भएको बताए। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको विश्वास छ।

उनले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सिर्जनामा प्रदेश सरकारको विशेष भूमिका रहेको बताए। निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्र बनाइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...