मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताए
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताए

— गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनबाट भाग्ने र निर्वाचन हुँदैन भनी भ्रम फैलाउनु न्यायोचित नहुने बताएका छन्। सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताए।



‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनी भ्रम फैलाउने र सुशासनलाई कमजोर बनाउने काम कहीं कतैबाट पनि गर्नु र गराउनु न्यायोचित हुँदैन,’ उनले भने, ‘यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यअनुरूप भएको हो।’

उनले फरार कैदीबन्दीका सम्बन्धमा कुल फरार कैदीबन्दीमध्ये करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता आइसकेको र बाँकी पनि आउने क्रममा रहेको बताए। ‘लुटिएका हतियारका सम्बन्धमा पनि विशेष अपरेसन चलाएर गृह प्रशासनले काम गरिरहेको छ,’ उनले भने, ‘रिकभरीको अवस्था निकै सुदृढ हुँदै गएको छ।’ उनले दलसँगको वार्ता र संवादको विषयमा सरकार जिम्मेवार, संवेदनशील र उत्तरदायी रहेको बताए। वार्ता, संवाद र छलफलका लागि सरकार खुला रहेको उनले स्पष्ट पारे।

उनले आगामी २१ फागुनमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भइसकेको र सोहीअनुसार तयारी भइरहेको जानकारी दिए। स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत भइसकेको बताउँदै उनले राजनीतिक दलहरूले लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएको विषयमा गृह प्रशासनले काम गरिरहेको बताए।
About 70 percent of escaped prisoners have returned: Home Minister Aryal

उनले सरकारले जेन–जी आन्दोलनलाई अपनत्व ग्रहण गरी दस्तावेजीकरणका साथ जेन–जीका माग र सहिदका सपनालाई टुंगोमा पुर्‍याउने गरी प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबीच सम्झौता भई राजपत्रमा प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको बताए।

भयरहित, निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरूमध्ये सुरक्षा गोष्ठी पनि एक भएको बताए। केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत भएको निर्वाचन सुरक्षा योजनाबमोजिम प्रदेश सरकारले पनि आफ्नो सुदृढ प्रादेशिक सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याउने उनको विश्वास छ।

उनले शान्ति सुव्यवस्था कायम गर्न एवं निर्वाचनको वातावरण सिर्जनामा प्रदेश सरकारको विशेष भूमिका रहेको बताए। निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात्का कार्यहरूमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्र बनाइएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...