मुख्य समाचार
चितवन राष्ट्रिय निकुञ्जमा हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको कतार यात्रा सुरु
चितवन राष्ट्रिय निकुञ्जमा हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको कतार यात्रा सुरु

— चितवन राष्ट्रिय निकुञ्जमा हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीको कतार यात्रा सुरु भएको छ । ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाइ गरिएको छ ।

२०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणका दौरान नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने बताएको थियो ।

खगेन्द्रप्रसाद र रुद्रकली अब कतारको अलखोर चिडियाखानामा रहनेछन् । चितवन राष्ट्रिय निकुञ्जले सौराहामा विधिवत् कार्यक्रम गरेर हात्तीको बिदाइ गरेको हो । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललगायत विभिन्न व्यक्तिहरू बिदाइ कार्यक्रममा उपस्थित थिए । सौराहाबाट ११ किमी पर खैरहनीमा यी हात्ती राख्न नौ फिट अग्लो तीन टनको खोर बनाइएको छ । त्यही खोरलाई ट्रकमा राखेर भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइनेछ । कतारबाट आउने चार्टर विमानमा खोरसहित हात्ती राखेर पठाइनेछ । चितवन निकुञ्जका प्रमुख गणेश पन्तले भने, ‘भोलि यी हात्ती भैरहवामै बस्नेछन् । बुधबार भैरहवामा विशेष कार्यक्रम गरेर कतारका लागि बिदाइ गरिने कार्यक्रम छ ।
हात्ती ओसारपसार गर्दा दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) का प्रावधान र प्रक्रिया आकर्षित भए पनि यी दुई हात्ती घरपालुवा हात्ती भएकाले नेपालले सहजै पठाउन सक्ने भएको हो ।


लोप हुने अवस्थामा पुगेका प्रजातिहरूलाई समावेश गरिने साइटिसको अनुसूचीमा हात्ती पनि समेटिएको छ । यस सूचीमा रहेका जीवजनावर र वनस्पतिको व्यापार नियन्त्रण गरिएको छ । तर अनुसन्धान, शैक्षिक प्रयोजन वा चिडियाखानामा राख्ने प्रयोजनका लागि भने ओसारपसार गर्न सकिन्छ, जसका लागि सम्बन्धित देशका व्यवस्थापन र वैज्ञानिक निकायको सिफारिस आवश्यक हुन्छ । चितवन निकुञ्जका प्रमुख गणेश पन्तले निकुञ्जका कर्मचारीहरू नै कतारको अलखोर चिडियाखाना पुगेर हात्ती राख्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गरेर फर्केपछि अन्य प्रक्रिया सुरु गरिएको बताए । उनले भने, ‘कतार सरकारले तयारीहरू पूरा गरेपछि हात्ती पठाउने प्रक्रिया अघि बढेको हो ।’

निकुञ्जले रुद्रकलीका माहुते बुद्धि श्रेष्ठ र खगेन्द्रप्रसादका माहुते पाँचु खाँ थारू तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाललाई पनि सँगै कतार पठाउँदैछ । निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले माहुते र प्राविधिक एक महिना कतार बसेर फर्किने बताए ।

१५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरकी छ भने १६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको भएको छ । हात्ती जन्मेको साढे दुईदेखि तीन वर्षपछि खोरसोर प्रजनन केन्द्रमा तालिम दिने गरिन्छ । यी दुवै हात्तीले यही तालिम लिएका हुन् । रुद्रकली निकुञ्जको हात्ती पुजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीको सन्तान हो । दुवैका पिता भने जङ्गली भाले हात्ती हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...