मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने

— त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुने भएको छ । समारोहमा १६ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थीलाई समारोहमा सहभागी गराइने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जनाए ।

२०८१ असार १ देखि २०८२ जेठ मसान्तसम्म स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक उपाधि प्राप्त गर्ने ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने कार्यालयले जनाएको छ । समारोहमा सहभागी हुन भने उत्तीर्णमध्ये १८ दशमलव ३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् ।

सहभागी विद्यार्थीका लागि पुस १ गतेदेखि गाउन तथा स्कार्फ वितरण गरिने कार्यालयले जनाएको छ । गाउन, स्कार्फ, टोपीलगायत सामग्री पुस ८ गतेसम्म वितरण गरिने सूचना अधिकारी कविराज पौडेलले जानकारी दिए ।

दीक्षान्त समारोहमा सहभागी हुन अनलाइन आवेदन दिएका विद्यार्थीलाई बल्खुस्थित कार्यालयबाट पोसाक लिन आग्रह गरिएको छ । धरौटी रकम लिएर त्रिविले विद्यार्थीलाई दीक्षान्त समारोहमा लगाउने पोसाक वितरण गर्दै आएको छ ।

समारोहस्थल दशरथ रंगशालाबाट पोसाक वितरण नगरिने भएकाले पुस ८ गतेसम्म सार्वजनिक बिदाका दिनसमेत वितरण गरिने कार्यालयले जनाएको छ ।


काठमाडौंको मुख्य क्षेत्रमा एकै पटक हजारौँ विद्यार्थीको भिडभाड गराएर सवारी साधनलगायत सहर अस्तव्यस्त बनाएको भन्दै त्रिविको आलोचना हुँदै आएको छ । आलोचनापछि सङ्कायअनुसार छुट्टाछुट्टै स्थान र समयमा दीक्षान्त समारोह आयोजना गर्ने विषयमा त्रिवि कार्यकारी परिषद्मा छलफल पनि चलेको थियो ।

त्रिविका मेडिकल, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, वन, कृषि तथा पशु विज्ञान, व्यवस्थापन, मानविकी तथा सामाजिक विज्ञान र कानुन गरी ९ संकायमा स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडीसम्मका कार्यक्रम सञ्चालनमा छन् । उपकुलपतिमा दीपक अर्याल नियुक्त भएर आएपछि पहिले जस्तै एकै दिन एकै ठाउँमा दीक्षान्त समारोह गर्ने निष्कर्षमा त्रिवि पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...