मुख्य समाचार
एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि रघु पन्तले स्वतन्त्र रूपले उम्मेदवारी दिएका छन्
एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि रघु पन्तले स्वतन्त्र रूपले उम्मेदवारी दिएका छन्

— एमाले संस्थापन पक्षबाट उपाध्यक्ष पदमा प्यानलमा नपरेपछि रघु पन्तले स्वतन्त्र रूपले उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिन नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यद्यपि पन्तले आफूलाई ईश्वर पोखरेल र ओली समूह दुवैतर्फका प्रतिनिधिहरूको समर्थन रहेको दाबी गरेका छन् । आफ्नो उम्मेदवारीबारे पन्तले भने, 'मैले दुवै पक्षमा रहेका साथीहरुको आग्रहमा उम्मेदवारी दिएको छु । मलाई दुवै पक्षका साथीहरूको समर्थन छ ।'

ओली पक्षबाट उपाध्यक्षहरूमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाइएको छ।

पन्त यसअघि १०औं महाधिवेशनमा स्थायी कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसो त उनी पछिल्लो समय ओलीनिकट नै देखिन्थे । विद्या भट्टराईले राजीनमा दिएपछि ओलीले पन्तलाई नै शिक्षामन्त्री बनाएका थिए ।

एमालेभित्रको संघर्षमा उनी लामो समय तत्कालीन महासचिव माधवकुमार नेपालनिकट थिए । उनलाई नेपालले प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकारसमेत बनाएका थिए । एमाले-माओवादी एकता भई नेकपा बनेपछि उनी पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमै थिए । तर सर्वोच्च अदालतको आदेशले दुई पार्टी यथावत रूपमै फर्किएपछि भने उनी ओलीतिरकै लागेका थिए ।

उनी २०६१ सालमै श्रममन्त्री बनेका थिए । कुनै समय दृष्टि, बुधबार, छलफल साप्ताहिकलगायतका पत्रिकामा सम्पादनअनुभवसमेत बटुलेका पन्त २०५२ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रेस सल्लाहकारसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए । उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव ...
— डडेल्धुराको अमरगढी नगरपालिका–६ की ३५ वर्षीया सुत्केरी मुना टमटाको मृत्यु भएको छ । मंसिर २५ मा डडेल्धुरा अस्पतालमा भर्ना भएकी टमटाले सोही दिन मृत शिशु जन्माएकी थिइन् । भोलिपल्ट स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै अस्पतालले उनलाई डिस्चार्ज गरेकामा २९ गते उनको मृत्यु भएको हो । अस्पतालबाट डिस्चार्जपछि उनी अमरगढी नगरपालिका–४ काजीधारामा डेरा गरी श्रीमान‍्सँगै बस्दै आएकी ...
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...