— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ ।
उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।
अहमद फलफूल पसले हुन् । उनका दुई छोराछोरी छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानीज, अमेरिकाको न्युयोर्क शहरका मेयर जोहरन मम्दानीलगायत नेताहरुले उनको प्रशंसा गरेका छन् ।
आइतबार राति भएको गोली प्रहारको घटनामा मर्नेको संख्या १६ पुगेको छ ।