मुख्य समाचार
नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने
नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने

— नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने भएको छ । यससम्बन्धी एमओयूमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो ।



छिमेकी सिचुवान प्रान्तबाट नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका, यु चोङ जिल्लाका कर्मचारीहरूलगायतको उपस्थितिमा नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ इन्टरनेसनल कम्युनिकेसन एन्ड कोअपरेसन अलाइन्स (आईसीसीए) प्रतिनिधि च्या युबीच हस्ताक्षर भएको हो ।

परिषद्का अध्यक्ष भट्टराईका अनुसार आगामी जनवरीमा चिनियाँ टोली नेपालमा गएर नेपाली उत्पादन संकलन गर्ने र तत्स्थानमा लगेर प्रवर्द्धन गर्ने योजना छ । हिमालय एयरलाइन्सको हवाई उडानबाट सिधा जोडिएको छोङछिङमा खोलिएको पेभेलियनमा नेपालसम्बन्धी झल्को दिने कलावस्तुहरू राखिनेछ ।

सिचुवान प्रान्तीय छङ्तुस्थित नेपाली महावाणिज्यदूत सुरेश राउतले चिनियाँहरूलाई नेपाली उत्पादनबारे खासै जानकारी नभएकाले पर्यटन तथा निर्यातमा टेवा पुर्‍याउन यस्ता पेभेलियनले सघाउने विश्वास व्यक्त गरे । उनले भने, आपसी सहकार्य बढाउनका लागि चीनले यस्तो प्रस्ताव ल्याएको हो । व्यापार हुँदै जनस्तरीय सम्बन्ध पनि विकास हुने भएकाले चीनले यसलाई प्रोत्साहन पनि गर्दै आएको छ ।

चिनियाँ पिपुल्स डेली अनलाइनका अनुसार चीन-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव र नेपाली राष्ट्रिय मण्डपको सुरुवात छोङछिङ नगरपालिकाको युचोङ जिल्लामा गरिएको हो । यसबाट दुवै पक्षबीच अर्थतन्त्र, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा सहयोगका नयाँ अध्याय थपेको अनलाइनले लेखेको छ ।

चिनियाँ निजी आयातकर्ताले नेपाली सामानहरू ल्याउने र प्रदर्शन गर्ने जिम्मा लिएको भन्दै महावाणिज्यदूत राउतले नेपाली उत्पादनलाई चिनियाँ उपभोक्तामाझ प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको बताए । सन् २०२१ मा नेपाली महावाणिज्यदूतावास खोलेदेखि नै यो अभियान चलाएको उनले सुनाए ।

युचोङ जिल्ला समितिका स्थायी समिति सदस्य तथा जिल्ला उपमेयर तङ क्वाङहुआईले युचोङमा नेपाल राष्ट्रिय मण्डपको आधिकारिक अनावरण चीन र नेपालबीचको मित्रताको प्रतीक मात्र नभई दुई पक्षबीचको सहयोग संस्थागतमा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए । उनले भने, ‘नेपाल मण्डपले नेपालको संस्कृति, पर्यटन र विशिष्ट उत्पादनहरू प्रदर्शन गर्न महत्त्वपूर्ण झ्यालको रूपमा काम गर्नेछ ।


छोङछिङ र नेपालसँग दक्षिणपश्चिम चीनबीच आदानप्रदान र सहयोगको लागि नियमित पुल पनि निर्माण गर्नेछ । नेपाल र अन्य देशका साथीहरूलाई लगानी गर्न र व्यवसाय सुरु गर्न, विचार आदानप्रदान गर्न, एकअर्काबाट सिक्न र व्यावहारिक सहयोगमा संलग्न हुन, स्रोत पूरकता, औद्योगिक अन्तरक्रिया र दुई क्षेत्रहरूबीच जनता-जनता सम्पर्कलाई अझ प्रवर्द्धन गर्न समर्थन गर्ने छ।’

हालसम्म चीनका छङ्तु, खुनमिङ, छिङताउ लगायत विभिन्न स्थानमा नेपाली पेभेलियन खोलिएका छन् । नेपाली महावाणिज्य दूतावास रहेको सिचुवान प्रान्तमा ४ वटा नेपाली पेभेलियन छन् । विश्वका विभिन्न देशका महावाणिज्यदूतावास रहेको स्थानमा आआफ्नै शैलीका पेभेलियन राखिएका महावाणिज्यदूत राउतको भनाइ छ ।

नेपालको निर्यात बढाउन, पर्यटन विस्तार गर्न र चिनियाँ उपभोक्तालाई नेपाली वस्तुबारे जानकारी दिन यस्ता पेभेलियनले सहयोग गरेको नेपाली व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ...
: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...
: प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। तान्जानियामा भएको आईपीयुको बैठकमा सहभागी भएर सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार दिउँसो स्वदेश फर्किएको हो। आईपीयूको बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिएको जलवायुसम्बन्धी विपद्को सम्बोधन र हिमाल तथा अन्य संवेदनशील क्षेत्रमा उत्थानशीलता सुदृढ गर्ने सम्बन्धी इमर्जेन्सी प्रस्ताव दुई तिहाइ ...
। संविधान जारी भएको एक दशक पुगेपनि संघीय सरकारले कानुन, अधिकार र वित्तीय स्रोत हस्तान्तरण नगर्दा मुख्यमन्त्रीहरू सिंहदरबारविरुद्ध एकमत देखिएका छन् । संविधान जारी भएपछि संघीय सरकारको नेतृत्व पटक पटक फेरिएपनि प्रदेशलाई हेर्ने नजर भने नफेरिएको उनीहरुको निष्कर्ष छ । विराटनगरमा मंगलबारबाट सुरु भएको ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’मा सहभागी ६ प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनमा केन्द्र सरकार ...