मुख्य समाचार
जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने
जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने

— एमाले नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् ।

सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरू प्रतिस्पर्धामा रहेको दाबीसमेत गरे ।

यस्तो छ भनाइ

भदौ २३ र २४ को विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको छ । यस्तो अवस्थामा पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्नसक्ने अवस्था छैन । नेतृत्वप्रति धेरै प्रश्नहरू उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनुपर्छ भन्ने नै मुख्य कुरा हो । त्यसैका लागि मैले उम्मेदवारी दिएको हुँ ।

पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टीका सदस्यहरूको गरिमालाई बढाउने विषय पनि महत्त्वपूर्ण छ । पार्टी अहिले नेतातिर फर्किएको छ । अब पार्टी नेतातिर फर्किएर भएन, अब जनतातिर फर्काउने र जनताबाट आउने निर्वाचनमा अनुमोदित भएर आउने नेताले नेकपा एमालेलाई राज्यसत्ताको समेत नेतृत्व गर्ने उद्देश्यका साथ हामी चुनावी प्रतिस्पर्धामा छौँ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले केहि समय दुर्घटनामा परेको पार्टी सफा र चोखिएर आउन सफल भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय परिवर्तन पार्टी (युनाईटेड जेन्जी) बीच एकता गर्दै घिसिङले केहि समय अघि करिब १२ दिन आफुहरू दुर्घटनामा परेको भन्दै त्यसपछि चोखिएर आउन सफल भएको बताएका हुन् । अँध्यारोबाट बाहिर निस्किन १२ दिन लागेको ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठग र लुसिफरहरूले युवालाई अल्मल्याएर राष्ट्रविरुद्ध प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन् । ४२ औं पिस्कर सहिद स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले युवाहरू बाटो बिराउन खोजिरहेको बताए । युवाले देश पढ्न, बुझ्न र यस देशलाई कता लैजान खोजिँदैछ भन्ने जानकारी राख्न आवश्यक रहेको ओलीको भनाइ ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा सङ्घर्ष गरेर ढाल्ने बताएका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफूहरू नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको ...
। गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, उपयोग र प्रवर्द्धनमा युवाको सक्रिय सहभागिता हुनुपर्ने बताएका छन् । चौथो ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ तथा माघे संक्रान्ति (माघी) पर्वका अवसरमा मन्त्री परियारले कृषि क्षेत्रको आधुनिकीकरण र जैविक विविधता संरक्षणलाई सँगसँगै लैजानुपर्ने बताए । यस वर्ष ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा : संरक्षण, ...