मुख्य समाचार
महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताए
महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताए

— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् ।

मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको जानकारी दिए । सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उनले अपेक्षा व्यक्त गरे । उनले महानगरले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको पनि जानकारी दिए । धुलोरहित कार्यक्रमअन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाईमास्ट लाइट जडान गरिएको उनको भनाइ छ ।

‘हामी काठमाडौं महानगरमा आएपछि २३ अर्ब रुपैयाँ मूल्यबराबरको २०८ रोपनी भन्दा धेरै सार्वजानिक जग्गा फिर्ता गरिसकेका छौँ । हाम्रो लक्ष्य करिब दुई खर्ब मूल्यबराबरको १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने रहेको छ । यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ,’ उनले भने ।

महानगरले चालु खर्च कम र पुँजीगत खर्च बढी गर्नेगरी काम गरिरहेको पनि मेयर शाहले जानकारी दिए । महानगरले वातावरण सुधार, धुलोरहित सडक, फोहोर व्यवस्थापन, व्यवस्थित र उज्यालो सहर निर्माणलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट सशस्त्र प्रहरीले करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो। चौधरीले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाई लैजाँदै गरेका थिए। ...
। मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । उनले बुधबारका निर्णयमध्ये मुख्य निर्णय भनेर ६ वटा निर्णयहरू सुनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसेको थियो । यस्ता छन् निर्णयहरू– –सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने । –नेपाल धितोपत्र बोर्डमा ...
। रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन ...
: महोत्तरीमा नापी सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन्। बर्दिबासस्थित नापी कार्यालयमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साह सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। एक सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टिमले उनलाई पक्राउ गरेको हो। जग्गा ट्रायलका लागि निवेदन दिएका सेवाग्राहीसँग लामो समयदेखि घुस रकमका लागि बार्गेनिङ ...
: सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ भक्तपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ५२ वर्षीय यमनाथ चालिसे(राजन) रहेका छन्। २६ जेठ २०६५ मा मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडक खण्डमा सवारी दुर्घटना गराएर चालिसे फरार रहेका थिए। मगंलबार प्रहरी वृत ठिमीबाट खटिएको प्रहरी टोलिले उनलाई फक्राउ गरेको हो। उनीमाथि थप ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम