मुख्य समाचार
बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ
बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ

— बन्डाई तटमा भएको आक्रमणको घटनापछि अस्ट्रेलियाले बन्दूक सम्बन्धी कानुनलाई कडा बनाउने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कडा कानुन बनाउने विषयमा मन्त्रीपरिषद्‍मा छलफल हुने बताए । लाइन्सेन्स लिएका व्यक्तिले खरिद गर्ने हतियारको सीमा तोक्ने विषयमा पनि छलफल हुने उनले बताए ।

उनले बोन्डाईमा भएको आक्रमणलाई आतंकवादको संज्ञा दिए । आइतबार बोन्डाई तटमा यहुदी समुदायको उत्सव चलिरहदाँ बाबु–छोराले सर्वसाधारणमाथि गोली चलाए ।

जसमा १५ जनाको मृत्यु भएको थियो । प्रहरीले यस घटनालगत्ते गोली चलाउँदा बाबुको पनि मृत्यु भयो । छोरा गम्भीर घाइते छन् ।

प्रहरीले ५० वर्षका बाबु र २४ वर्षका छोराले मिलेर गोली चलाएको जानकारी दिएपनि उनीहरुको नाम सार्वजनिक गरेको छैन । बाबुले २०१५ देखि नै ६ वटा बन्दूक राखेको प्रहरीले बताएको छ ।

गृहमन्त्री टोनी बुर्केले सन् १९९८ मा विद्यार्थी भिसा ती बाबु अस्ट्रेलिया आएको बताए । उनका छोरा अस्ट्रेलियामै जन्मेका नागरिक हुन् । प्रहरीले हतियार र हतियारधारीबारे यसभन्दा धेरै जानकारी सार्वजनिक गरेको छैन ।

अहिल्यै कडा छ कानुन

अस्ट्रेलियामा हतियार सम्बन्धी कानुन अहिल्यै कडा रहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

३० वर्षअघि टास्मानियास्थित पर्यटकिय क्षेत्र पोर्ट आर्थरमा एक हतियारधारीले गोली चलाउँदा ३५ जनाको मृत्यु भएपछि कानुन कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...