मुख्य समाचार
एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताए
एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताए

। नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी कमजोर हुने बताएका छन् । उनले बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव समेत दिए ।

पार्टीको एघारौं महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले भने, बाँचुन्जेल कार्यकारी पदमा बस्नु हुन्न लोकतन्त्र कमजोर हुन्छ ।

उनले अगाडि भने, ‘अध्यक्ष ओली मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरुलाई, नेताहरुलाई तपाईंहरु बाचुन्जेल कार्यकारी पदमै बसिरहने मान्यताबाट पछि हट्नुस् । यसो गर्नु हुन्न । यसले लोकतन्त्र कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ ।’

उनले पार्टीमा युवा पुस्तालाई ल्याउनुपर्ने धारणा राखे ।

‘नयाँ जेनेरसनलाई ल्याउनुपर्छ । अबको युग नयाँको हो । हामीले युवाहरुलाई पार्टीमा भर्नुपर्यो, अगाडि बढाउनुपर्यो । हामीले छोड्दै गएपछि नयाँ आउँछ,’ ज्ञवालीले भने, ‘हामीले छोड्दै नछोडेपछि नयाँ कसरी आउँछ ?’

उनले अहिले आफूहरुले भनेजस्तो नभए आगामी महाधिवेशनमा लागु गर्नुपर्ने बताए । ‘अहिले हामीले भनेको जस्तो लागु भएन भने बाह्रौंमा लागु गर्नुपर्छ, तेह्रौंमा लागु गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘जीवन भनेको अनन्त रूपमा चलिरहने कुरा हो ।’

एमालेका निवर्तमान उपाध्यक्ष ज्ञवालीले आफू ७० वर्ष पुगिसकेको भन्दै अब पार्टी चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ । उनीमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप छ । अख्तियारले पोखरा ...
। चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा ...
। नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए । तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो । उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ । शेर्पालाई केपी शर्मा ओली ...
। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रूपमा डिजिटलाइज गर्नुपर्नेमा जोड दिए । ‘हामीले संघीयता एकदमै बोझिलो भयो भनेर भनेका छौँ । संघीयता एकदमै बोझिलो भयो त्यसकारण यसलाई हटाउनुपर्छ, त्यो समाधान होइन । संघीयतालाई छरितो बनाउने चाहिँ समाधान ...
। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले अनलाइनखबरसँग बताए । थापाले भने,‘पार्टीको महाधिवेशन आएको छ । चुनावको मिति घोषणा भएको छ । सक्रिय राजनीतिमा गर्न पदबाट राजीनामा दिएको हुँ ।’ कांग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औं ...