मुख्य समाचार
डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्
डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । पानोरोमा डकुमेन्ट्रीमा आफ्नो भाषणा गलत अर्थ लाग्ने सम्पादन गरिएको भन्दै ट्रम्पले मानहानि मुद्दा दायर गरेका हुन् ।

फ्लोरिडाका अदालतका कागजातअनुसार, ट्रम्पले अरबौँ डलर क्षतिपूर्ति माग गरेका छन् ।

बीबीसीले नोभेम्बरमा ट्रम्पसँग माफी मागेको थियो, तर क्षतिपूर्तिको माग अस्वीकार गरेको थियो । बीबीसीको भनाइ अनुसार, ‘मानहानिको दाबीको कुनै आधार छैन ।’

ट्रम्पको कानूनी टोलीले भने बीबीसीले उनको भाषणसँग ‘जानीबुझी, दुर्भावनापूर्ण र भ्रामक तरिकाले छेडछाड’ गरी उनको छविमा क्षति पुर्‍याएको भन्दै मुद्दा दायर गरेको । मुद्दा दायर भएपछि बीबीसीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।


ट्रम्पले बीबीसीविरुद्ध मानहानिको आरोप र फ्लोरिडा ट्रेड प्राक्टिसेज कानूनको उल्लंघनसम्बन्धी अर्को आरोपमा मुद्दा दायर गरेका छन् ।

प्यानोरमा एडिट विवाद के हो ?

६ जनवरी २०२१ मा आफ्नो भाषणमा ट्रम्पले वाशिंगटनमा समर्थकहरूलाई भनेका थिए, ‘हामी क्यापिटलसम्म जानेछौं र हामी हाम्रा बहादुर सिनेटर र कंग्रेसमेन तथा कंग्रेसविमेनको समर्थन गर्नेछौं ।’

भाषणमा ५० मिनेटभन्दा बढी समयपछि उनले भनेका थिए, ‘र हामी लड्नेछौं । हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं ।’

बीबीसीको प्यानोरमा कार्यक्रममा एउटा क्लिपमा ट्रम्पलाई यसरी बोल्दै गरेको देखाइएको थियो– ‘हामी क्यापिटलसम्म जानेछौं… र म तपाईंहरूसँग त्यहाँ हुनेछु । र हामी लड्नेछौं । हामी सम्पूर्ण शक्ति प्रयोग गरेर लड्नेछौं ।’

सम्पादनका क्रममा काटछाँट गरेर जोडिएका यी दुई अभिव्यक्ति ट्रम्पले ५० मिनेटको अन्तरालमा फरक-फरक प्रसंगमा बोलेका थिए । तर सम्पादनको क्रममा एकै ठाउँ जोडिदिएर भड्काउ अभिव्यक्ति दिएजस्तो बनाइएको थियो ।

ट्रम्पले ‘बेस्सरी संघर्ष गर्छौं’ भन्ने प्रसंग अमेरिकामा हुने निर्वाचन कति ‘भ्रष्ट’ हुन्छ भनेर चर्चा गरेको भागबाट लिएर ‘हामी क्यापिटलतिर जाने छौं’ भन्ने भनाइसँग जोडिएको थियो ।

उक्त वृत्तचित्र अमेरिकामा राष्ट्रपति निर्वाचन हुनुभन्दा एक साताअघि बीबीसीको ‘प्यानोरमा’ कार्यक्रममा प्रसारण भएको थियो ।

सम्पादनको क्रममा गरिएको यो त्रुटिबारे टेलिग्राफले समाचार लेखेको थियो ।

ट्रम्पले फरक प्रसंग र फरक समयमा बोलेको विषयलाई सम्पादन गर्ने क्रममा एकैठाउँमा जोडेर डकुमेन्ट्री तयार पारेको सार्वजनिक भएपछि बीबीसी विवादमा तानिएको हो । यस मामिलामा बीबीसीका निर्देशक जनरल टिम डेबी र हेड अफ न्युज डेबोरा टर्नेसले गत महिनामा राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै ...
: आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो। प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ ...
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...
। काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन ...
। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् । ‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति ...