मुख्य समाचार
सरकारी वकिलको कार्यालय पुग्यो नेपाल ट्रस्टको ठगी र अनियमितताको प्रतिवेदन
सरकारी वकिलको कार्यालय पुग्यो नेपाल ट्रस्टको ठगी र अनियमितताको प्रतिवेदन

। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णय हुँदा ठगी भएकाले मुद्दा चलाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेको हो ।

‘हामीकहाँ प्रतिवेदन आएको छ, हामीले फाइल अध्ययन गरिरहेका छौं’ जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्लेले भने, ‘सक्दो छिटो अध्ययन सकेर निर्णयमा पुग्ने प्रयास गरिरहेका छौं ।’

नेपाल ट्रस्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई लिजमा दिने निर्णय गर्दा अनियमितता भएको भनी प्रश्न उठिरहेको छ ।

अनियमितता र भ्रष्टाचारको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो ।

निर्णयमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्की संलग्न छन् । सीआईबीले ‘ठगी र आपराधिक विश्वासघात’को आरोपमा अनुसन्धान अघि बढाइएको दाबी गरेको थियो ।



नेपाल ट्रष्टको सञ्चालक समितिले २८ साउन २०७१ मा दरवारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा लगाउने कार्यक्रम स्वीकृत गरेको थियो । लिजका लागि बोलपत्र आह्वान गर्दा ६ वटा कम्पनीहरुले भाग लिए ।

प्रतिस्पर्धाको क्रममा चलाखी गरेर थमसेर्कुले दुईथरी विवरण राखेको थियो । उसले बोलपत्र प्रस्तावको विस्तृत खण्ड र सारांशमा फरक-फरक विवरण पेश गरेको थियो । मिलेमतोमा नेपाल ट्रष्टले बोलपत्र मूल्यांकनको अवधि नाघेपछि थमसेर्कुलाई फाइदा हुने गरी प्रस्ताव स्विकृत गरेको थियो ।

महालेखा परीक्षकको कार्यालयले त्यतिबेला सार्वजनिक गरेको प्रतिवेदन अनुसार, थमसेर्कुले तीन वर्षको निर्माण अवधि जोडेर ३० वर्षमा ६ अर्ब २६ करोड ३१ लाख ३२ हजार ३७० रुपैयाँ नेपाल ट्रस्टलाई बुझाउने उल्लेख थियो ।

त्यसमा भवन निर्माणमा लाग्ने १९ करोड २९ लाख ६५ हजार रुपैंया समेत जोड्दा थमसेर्कुको कुल लागत ६ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ हुन्थ्यो ।

त्यो योजनालाई तत्कालीन सचिव अर्जुनबहादुर कार्कीले स्वीकृत गरेका थिए ।

ट्रस्टले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपैयाँ पाउनुपर्नेमा टेण्डर मूल्यांकनपछि निर्णयका क्रममा बदमासी हुँदा एक अर्ब ४० करोड रुपैयाँ मात्रै पाउने अवस्था बनेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । त्यसबाट ट्रष्टलाई ३० वर्षको अवधिमा ५ अर्ब ५७ करोड रुपैयाँ नोक्सानी हुनेछ । औसतमा त्यो नोक्सानी वार्षिक साढे १८ करोड हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पर्सा प्रहरीले वीरगन्जबाट लागू औषध गाँजा तस्करीमा संलग्न एक युवकलाई ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–१ का २८ वर्षीय सुवराज श्रेष्ठ रहेका छन् । श्रेष्ठले गाँजा तस्करीमा प्रयोग गरेको बा २१ च ७८५५ नम्बरको पिकअप भ्यानबाट १ सय ७६ किलो गाँजा प्रहरीले बरामद गरेको हो । पर्सा प्रहरीले ...
: इन्टरलक कङ्क्रिट पेभर ब्लकमा नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा केही ठुला उद्योगीले एकछत्र लुट मच्चाउन सिन्डिकेट खडा गरेपछि साना तथा मझौला इन्टरलक कङ्क्रिट उद्योगी विस्थापित हुने अवस्थामा पुगेको छ। पेभर ब्लकमा एनएस चिन्हको नाममा केही ठूला उद्योगका प्रतिनिधि, जनप्रतिनिधि तथा कर्मचारी बीचको आपसी साँठगाँठमा साना व्यवसायीलाई योजनाबद्ध रूपमा कमजोर बनाई यस पेसाबाटै विस्थापित बनाउने चलखेल ...
— नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेबाट मतदान सुरु हुने भनिए पनि करिब डेढ घण्टा ढिला गरी मतदान सुरु भएको हो। अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मत हालेर मतदान सुरु गरेका हुन्। यसअघि मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण भन्दै ...
: आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आवका लागि संघीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेसँगै बजेट प्रक्रिया सुरु भएको हो। प्रदेश तथा स्थानीय तहका लागि संघीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि आगामी माघ ...
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...