मुख्य समाचार
एकजना वीर्यदातामा क्यान्सरयुक्त जिन भेटिएपछि युरोपमा तरंग !
एकजना वीर्यदातामा क्यान्सरयुक्त जिन भेटिएपछि युरोपमा तरंग !

। युरोपमा एकजना शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने एक आनुवंशिक उत्परिवर्तन अर्थात् जेनेटिक म्युटेसन भएको पत्ता लागेसँगै उनको वीर्यबाट जन्मिएका १ सय ९७ जना बालबालिका जोखिममा परेका छन्।

एउटा व्यापक तथा गहन अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएसँगै त्यसले ठूलो तरंग सिर्जना गरेको छ। युरोपियन ब्रडकास्टिङ युनियनको अनुसन्धानात्मक पत्रकारिता सञ्जाल अन्तर्गत बीबीसीलगायतका विभिन्न १४ वटा सार्वजनिक सेवा प्रसारकहरूले संयुक्त रूपमा गरेको अनुसन्धानले त्यस्तो डरलाग्दो तथ्यको खुलासा गरेको हो।


ती वीर्यदाता पुरुषलाई आफ्नो वंशाणुमा त्यस्तो उत्परिवर्तन रहेको बारेमा जानकारी नै नभएको तथ्य पनि खुलेको छ। शोधकर्ताहरुका अनुसार त्यस्तो म्युटेसन युक्त जिन भएका पुरुषको शुक्रकिटबाट गर्भधारण भई जन्मिएका बच्चाहरू भविष्यमा क्यान्सरबाट बच्न सक्ने सम्भावना निकै कम छ। केही बच्चाहरूको त क्यान्सरबाट मृत्यु भइसकेको खुलेको छ।

बीबीसीका अनुसार डेनमार्कमा गरिएको एक प्रजनन उपचारका क्रममा बेलायतका केही दम्पतिहरुले ती पुरुषले दान गरेको शुक्रकिटको प्रयोग गरेका थिए। त्यस्ता अभिभावकहरुलाई त्यस विषयमा जानकारी गराइसकिएको बीबीसीले उल्लेख गरेको छ।




शुक्रकिट बिक्री गर्ने डेनमार्कस्थित ‘युरोपियन स्पर्म बैंक’ले प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ र केही देशहरूमा उक्त खतरनाक शुक्रकिटको प्रयोगबाट बच्चाहरू जन्मिएको स्वीकार गरेको छ ।

१७ वर्षसम्म प्रयोग गरिएको शुक्रकिट

विभिन्न दम्पतिहरुले गर्भधारणका लागि प्रयोग गरेको उक्त शुक्रकिट एकजना नाम नखुलाईएका व्यक्तिको थियो । उनले सन् २००५ मा आफू विद्यार्थी हुँदा पैसा लिएर वीर्यदान गर्न सुरु गरेका थियो। त्यसपछि झन्डै १७ वर्षसम्म महिलाहरूले उक्त शुक्रकिट प्रयोग गरे।

अनौठो त के भने व्यक्ति स्वयं स्वस्थ छन् । साथै वीर्यदानअघि गरिएको उनको स्वास्थ्य परीक्षणका क्रममा समेत कुनै समस्या देखिएको थिए। तर उनका केही कोशिकाहरूको डिएनए चाहीँ जन्मिनुअघि नै म्युटेट भइसकेको थियो।

यस म्युटेसनले उनको TP53 जीनलाई क्षति पुर्‍याएको थियो। यो जीन शरीरका कोशिकाहरूमा क्यान्सर बन्नबाट रोक्न अत्यन्तै महत्वपूर्ण हुन्छ ।

प्रजनन क्लिनिक की प्रयोगशाला में माइक्रोस्कोप से देखते हुए भ्रूण विशेषज्ञ अंडाणु में शुक्राणु डाल रही है

दाता पुरुषको शरीरका अधिकांश भागमा TP53 को खतरनाक रूप छैन । तर उनका करिब २० प्रतिशत शुक्रकिटमा भने त्यो म्युटेसन पाइयो।

तर उनको शुक्रकिटबाट जन्मिएका बच्चाहरुमा भने शरीरको हरेक कोशिकामा त्यस्तो जेनेटिक म्युटेसन भएको छ।

यस अवस्थालाई ली–फ्राउमेनी सिन्ड्रोम भनिन्छ । यसले क्यान्सर हुने जोखिम ९०% सम्म बढाउँछ। यसबाट बाल्यकालमै जोखिम बढी हुन्छ भने पछि स्तन क्यान्सरको खतरा पनि रहिरहन्छ।

लन्डनको इन्स्टिच्युट अफ क्यान्सर रिसर्चकी क्यान्सर आनुवांशिक विषयकी प्राध्यापक क्लेयर टर्नबुलले भन्छिन्, ‘यो कुरा थाहा पाउनु नै अत्यन्तै डरलाग्दो कुरा हो । अझ कुनै परिवारलाई यस्तो जानकारी दिनु निकै कठिन हुन्छ। जीवनभर यो जोखिमको बोझ बोकेर बाँच्नुपर्छ।’

यस्तो जोखिम भएका मानिसले हरेक वर्ष पूरै शरीर र मष्तिष्कको धेरै एमआरआई स्क्यान गर्नुपर्छ। साथै पेटको अल्ट्रासाउन्ड पनि गरिन्छ ताकि ट्युमर पत्ता लगाउन सकियोस्। यसबाट क्यान्सरको जोखिम घटाउन महिलाहरूले प्रायः स्तन हटाउने सर्जरी समेत गर्दछन् ।

‘यो कुरा थाहा पाउनु नै अत्यन्तै डरलाग्दो कुरा हो । अझ कुनै परिवारलाई यस्तो जानकारी दिनु निकै कठिन हुन्छ। जीवनभर यो जोखिमको बोझ बोकेर बाँच्नुपर्छ।’क्लेयर टर्नबुल, प्राध्यापक,लन्डनको इन्स्टिच्युट अफ क्यान्सर
युरोपियन स्पर्म बैंकले भने ती वीर्यदाता र उनका परिवारका सदस्यहरू बिरामी नभएको भन्दै यस्ता म्युटेसनहरू जेनेटिक स्क्रिनिङबाट पहिल्यै पत्ता लगाउन सम्भव नहुने दाबी गरेको छ।

साथै शुक्रकिटमा समस्या देखिने बित्तिकै ती दातामाथि वीर्यदानमा तत्काल प्रतिबन्ध लगाइएको पनि उसले बताएको छ।

बच्चाहरूमा जोखिम

त्यस्तो समस्याग्रस्त शुक्रकिटबाट जन्मिएका बच्चाहरूको उपचार गरिरहेका डाक्टरहरूले युरोपियन सोसाइटी अफ ह्युमन जेनेटिक्ससँग यस विषयमा चिन्ता व्यक्त गरेका छन्।

डाक्टरहरूका अनुसार ६७ बच्चामध्ये २३ जनामा त्यो भेरियन्ट भेटिएको छ। तीमध्ये १० जनामा पहिले नै क्यान्सर भएको पत्ता लागिसकेको छ।

बीबीसीका अनुसार प्राप्त जानकारीका साथै डाक्टर तथा बिरामीहरूसँगको कुराकानीका आधारमा ती दाताको शुक्रकिटबाट अझै धेरै बच्चाहरू जन्मिएको देखिन्छ।

त्यस्ता बच्चाहरूको संख्या कम्तीमा १ सय ९७ रहेको र सबै देशबाट तथ्यांक नआएकाले अन्तिम संख्या अझ बढी हुन सक्ने बीबीसीले उल्लेख गरेको छ।

अहिलेसम्म कति बच्चाहरूले त्यो खतरनाक भेरियन्ट पाएका छन् भन्ने पनि स्पष्ट छैन। फ्रान्सको रूआँ युनिभर्सिटी अस्पतालकी क्यान्सर आनुवंशिकी विज्ञ डा. एडविज क्यास्परले प्रारम्भिक डेटा प्रस्तुत गरेकी थिइन्।

अनुसन्धान टोलीसँग उनले बताए अनुसार धेरै बच्चाहरूलाई पहिले नै क्यान्सर भइसकेको छ। केही बच्चाहरूलाई दुई फरक–फरक प्रकारका क्यान्सर भएका छन् र केहीको त निकै कम उमेरमै मृत्यु भइसकेको छ।

धेरै बच्चाहरूलाई पहिले नै क्यान्सर भइसकेको छ। केही बच्चाहरूलाई दुई फरक–फरक प्रकारका क्यान्सर भएका छन् र केहीको त निकै कम उमेरमै मृत्यु भइसकेको छ।
सेलीन (नाम परिवर्तन) फ्रान्सकी एकल आमा हुन्। उनकी छोरीको जन्म १४ वर्षअघि तिनै पुरुषको शुक्रकिटबाट भएको थियो । ती बालिकामा पनि अहिले सोही म्युटेसन भेटिएको छ।

सेलिनलाई उनले गर्भधारण गरेको बेल्जियमको एक फर्टिलिटी क्लिनिकबाट फोन आएको थियो जसमा छोरीको परीक्षण गराउन सल्लाह दिइएको थियो।

सेलीनका अनुसार उनलाई वीर्यदातासँग कुनै आक्रोस छैन तर तर जोखिमयुक्त र सुरक्षित नभएको स्पर्म दिने काम अस्वीकार्य हो।

आफ्नो र छोरीको जीवनमाथि क्यान्सरको छायाँ सधैं रहने त्रास उनमा छ । सेलिन भन्छिन्, ‘ थाहा छैन, कहिले र कुन प्रकारको क्यान्सर देखिने हो।’

छैन शुक्रकिट प्रयोगको सीमा

ती वीर्यदाता पुरुषको शुक्रकिट विभिन्न १४ देशका ६७वटा फर्टिलिटी क्लिनिकहरूमा प्रयोग गरिएको थियो। यद्यपि त्यो स्पर्म बेलायतका क्लिनिकहरूमा बिक्री गरिएको थिएन। तथापि केही बेलायती महिलाहरूले चाहीँ आफै डेनमार्क गएर तिनै दाताको शुक्रकिट प्रयोग गरी गर्भधारण गरेको खुलेको छ। ती महिलाहरुलाई त्यस बारेमा जानकारी गराइसकिएको छ।

साथै बेलायती महिलाहरूले डेनमार्क बाहेकका देशहरूमा समेत गएर ती दाताको शुक्रकिटबाट गर्भाधारण गरे/नगरेको हालसम्म पत्ता लागेको छैन।

स्मरण रहोस् विश्वभर वीर्यदाताको शुक्रकिट कति पटक प्रयोग गर्न सकिन्छ भन्ने कुनै अन्तर्राष्ट्रिय सीमा छैन। तर प्रत्येक देशले आफ्नै सीमा तोक्ने गर्दछन्।

सफेद कोट पर डॉक्टर कैस्पर अपने क्लिनिक में बैठी हुई हैं

केही देशहरूमा यी सीमाहरू दुर्भाग्यवश उल्लङ्घन भएका युरोपियन स्पर्म बैंकले स्वीकार गरेको छ । साथै यस विषयमा डेनमार्क र बेल्जियमका अधिकारीहरूसँग छलफल गरिरहेको पनि उसले जनाएको छ।

बेल्जियमको नियम अनुसार एकजना दाताको शुक्रकिट बढिमा ६ जना महिलामा मात्रै प्रयोग गर्न पाइन्छ । जबकि बेलायतमा अधिकतम १० महिलाले एउटै दाताको शुक्रकिट प्रयोग गर्न पाउँछन् । तर यस घटनामा भने ती दाताको शुक्रकिटबाट बेल्जियममा ३८ महिलाहरूले गर्भाधारण गरी ५३ वटा बच्चा जन्माएको पाइएको छ।

के सम्भव हुन्छ सबै कुराको चेकजाँच ?

हाल युनिभर्सिटी अफ म्यानचेस्टरमा प्राध्यापक तथा कुनैबेलाका शुक्रकिट बैंक सञ्चालक समेत रहेका एलन पेसीका अनुसार अहिले धेरै देशहरू ठूला अन्तर्राष्ट्रिय शुक्रकिट बैंकहरूमा निर्भर छन् र बेलायतमा प्रयोग हुनेमध्ये आधाजसो शुक्रकिट बाहिरबाटै आयात गरिन्छ।

उनी भन्छन् – हामीले ठूला अन्तर्राष्ट्रिय स्पर्म बैंकहरूबाट शुक्रकिट आयात गर्नुपर्छ जुन अरू देशहरूमा पनि बेचिन्छ। वास्तवमा यसबाटै समस्या सुरु हुन्छ किनकि एकजनाको शुक्रकिट कति पटक प्रयोग गर्न सकिन्छ भन्नेबारे कुनै अन्तर्राष्ट्रिय कानुन छैन।

आमतौर पर डोनर स्पर्म से बच्चा पैदा करना सुरक्षित होता है

उनका अनुसार शुक्रकिटलाई पूर्ण रूपमा सुरक्षित बनाउनु असम्भव छ। किनकि सबै कुराको स्क्रिनिङ गर्न सकिँदैन। हालको स्क्रिनिङ प्रणालीअनुसार आवेदन दिने पुरुषहरूमध्ये केवल १ वा २ प्रतिशत मात्रै डोनर बन्न अनुमति पाउने र त्यसलाई अझ कडा बनाउने हो भने वीर्यदाता नै नपाइने उनी बताउँछन् ।

त्यसोभए के अझै कडा पावन्दी लागू गर्न सकिन्छ त ?

युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्शन एन्ड एम्ब्रायोलोजीले हालै प्रति डोनर ५० परिवारको सीमा सिफारिस गरेको छ।

तर यसले दुर्लभ जेनेटिक रोगहरूको जोखिम भने नघटाउने उसको भनाइ छ।

प्रोग्रेस एजुकेशनल ट्रस्टकी निर्देशक सारा नोरक्रसका अनुसार विश्वभर एउटै डोनरबाट जन्मिने बच्चाहरूको संख्या घटाउन अझ धेरै प्रयास गर्न आवश्यक छ।

उनी भन्छिन्- हामीले अझै पूर्ण रूपमा बुझ्न सकेका छैनौँ कि एउटै जैविक पिता तथा फरक फरक आमाबाट जन्मिने सयौँ बालबालिका हुनुको सामाजिक र मानसिक असर के हुन्छ। यो निकै पीडादायी हुन सक्छ।



युरोपियन स्पर्म बैंकका अनुसार पछिल्लो घटनाले निकै दर्दनाक अवस्था र त्रास सिर्जना गरेको भएतापनि केही तथ्यलाई समेत ख्याल गर्नुपर्छ भने हजारौं महिलाहरु दान गरिएको शुक्रकिटको सहयोग बिना आमा बन्न नपाउने अवस्था हुन्छ।

यदि वीर्यदातालाई चिकित्सा निर्देशिका अनुसार छनोट तथा परीक्षण गरियो भने सामान्यतया डोनर शुक्रकिटबाट बच्चा जन्माउनु सुरक्षित हुने उसले जनाएको छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...