मुख्य समाचार
एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै
एआई र डिजिटल प्रविधिले अपाङ्गता भएका व्यक्तिलाई सशक्त बनाउँदै

। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् ।

कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो पहिलो पटक हो कि यी दुई प्रतियोगिता गुआङ्ग्डोङ–हङकङ–माकाओ ग्रेटर बे क्षेत्रका तीनै क्षेत्रमा संयुक्त रूपमा आयोजना भएका हुन् ।




आयोजक समितिका अनुसार, प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण विशेषता प्रविधिको व्यापक प्रयोग हो । विभिन्न स्थलहरूमा इन्टरनेट अफ थिङ्स, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल ट्विन्स जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी पहुँचयोग्य र सहयोगी वातावरण निर्माण गरिएको छ ।

बेइजिङका स्वयंसेवक गोङ्ग वेईले एक वर्षदेखि दूरसञ्चार मार्फत साङ्केतिक भाषामा अनुवाद प्रदान गर्दै आएका छन् । प्रतियोगिता सुरु भएयता यस सेवामा माग उल्लेखनीय रूपमा बढेको छ ।




वीच्याटमार्फत प्रयोगकर्ताहरू केही सेकेन्डमै स्वयंसेवकसँग भिडियो कल गर्न सक्छन्, जसले भौगोलिक दूरी मात्र होइन, मनोवैज्ञानिक दूरी पनि घटाउने काम गर्छ ।

कार्यक्रमका विकासकर्ता शि चेङ्गचुआन, जो आफैं सुनाइमा अपाङ्गता भएका व्यक्ति हुन्, ले साङ्केतिक भाषा अनुवाद सफ्टवेयर र उपकरणहरू विकास गरेका छन्, जुन सरकारी कार्यालय, अस्पताल र विद्यालयहरूमा पनि प्रयोग भइरहेका छन् ।

गुआङ्ग्जौका खेलकुद अधिकारी झेङ चिहाओका अनुसार, विभिन्न स्थलहरूमा स्मार्ट र बाधारहित मोड्युलहरू जडान गरिएको छ ।

यसमा आपतकालीन सहायता बटन, पहुँचयोग्य प्रश्न प्लेटफर्म, स्मार्ट सेवा स्तम्भ र अनलाइन साङ्केतिक भाषा अनुवाद यन्त्रहरू समावेश छन्, जसले स्थलको केन्द्रीय नियन्त्रण प्रणालीसँग जडान भएर प्रयोगकर्ताको सुरक्षा र सुविधा सुनिश्चित गरेको छ ।

मुख्य मिडिया सेन्टरमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा एआई–समर्थित पहुँचयोग्य प्रणाली, रोबोट र उन्नत व्हीलचेयरहरू प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूको ठूलो चासो आकर्षित गरेको थियो ।

निर्माता ल्यु यी’आनका अनुसार, यी उपकरणहरूले उन्नत सन्तुलन नियन्त्रण एल्गोरिदम र भरपर्दो यान्त्रिक संरचनाका माध्यमबाट विभिन्न सतहमा स्थिरता र सुरक्षा सुनिश्चित गर्छन् ।

नयाँ परिचय गराइएको इलेक्ट्रोनिक डार्टबोर्डले व्हीलचेयर प्रयोगकर्ताहरूको सुविधा सुनिश्चित गर्न स्वतः उचाइ समायोजनको सुविधा दिएको छ ।

सानक्सी प्रान्तको अपाङ्गता डार्ट टोलीका प्रशिक्षक लुओ बाओगाङले भने, ‘डार्टबोर्डको स्वतः उचाइ समायोजनले यसलाई पारम्परिक मोडेलभन्दा धेरै सुरक्षित र भरपर्दो बनाएको छ, जसले खेलाडीहरूलाई बढी सहजता प्रदान गर्छ ।’

प्रतिस्पर्धा स्थल बाहेक, गाइड डग रोबोटहरूले दृष्टिहीन खेलाडीहरूलाई सहयोग गर्दै छन् भने डिजिटल ट्विन प्रविधिले स्थल सञ्चालनको वास्तविक समय निगरानी सम्भव बनाएको छ । यी आधुनिक उपकरणहरूले प्रयोगशालाबाट वास्तविक संसारमा प्रविधि लागू गर्ने अवसर पाएका छन् ।

आयोजन समितिका उपमहासचिव चेन् स्युजुनले अनुसार यी खेलकुदहरूले अपाङ्गता सेवाहरूलाई सामाजिक विकाससँग सम्पूर्ण रूपमा एकीकृत गर्ने अवसर प्रदान गरेका छन् ।

उनका अनुसार,’हामी उच्च गुणस्तर र दीगो प्रगतिका लागि निरन्तर प्रयासरत छौं, ताकि अपाङ्गता भएका व्यक्तिहरूले उज्जवल भविष्यको आशा गर्न सकून् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम