मुख्य समाचार
निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल
निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल

। निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठसँग यो विषयमा छलफल गर्दैछ ।

मन्त्रीहरूको उपस्थितिमा निर्वाचनसंग सम्बन्धित कार्यक्रममा बालबालिकाको गैरकानुनी प्रयोग रोक्ने, मतदान केन्द्रहरूलाई अपांगता भएका व्यक्ति र जेष्ठ नागरिक मैत्री बनाउने र निर्वाचनमा समानुपातिक प्रतिनिधित्व प्रवर्धन गर्ने र मतदाता शिक्षा कार्यान्वयन लगायतका विषयमा छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्राडा. सुनिति श्रेष्ठ (हाडा)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मंगलबबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्। त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्कीको उपस्थितिमा उपाध्यक्ष श्रेष्ठसमक्ष शपथ ग्रहण गरिन्। कार्यक्रममा योजना आयोगका सदस्य एवं मुख्य सचिव ...
— मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार भएको ट्याक्टर दुर्घटनामा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ । उपचारको क्रममा हेटौंडा अस्पतालमा बकैया गाउँपालिका–७ का ५० वर्षीय युवराज माझीको मृत्यु भएको हो । यससँगै उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन जना पुगेको हो । बकैया गाउँपालिका–७ अधेरीका केशवलाल माझी र सन्तलाल माझी उपचारका लागि ...
: नेपालमा बाघको अवस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनको सौराहाबाट सुरु भएको छ। बाघ गणना प्रत्येक ४–४ वर्षमा गरिँदै आएको छ। बाघ गणना नेपालको ५ वटा राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्र र वरपरको बाघ पाइने वन क्षेत्रमा गरिने छ। उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईंले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामेराको ...
: प्रविधि उद्योगको बढ्दो सम्भावनालाई हेर्दै नेपाल र भारतबीच सहकार्यको खाँचो मधेशका युवा उद्यमीहरुले औंल्याएका छन्। प्रविधिको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको छिमेकी मित्रराष्ट्र भारतसँग समन्वय र सहकार्य गर्न सकियो भने नेपालमा पनि व्यापक रोजगार सृजना गर्न सकिने सम्भावना सहितको छलफल अघि बढाइएको छ। नेपाली युवा उद्यमी मञ्च र भारतीय महावाणिज्य दूतावास वीरगन्जको आयोजनामा ...
— वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने श्रमिकको न्यायोचित भर्ना निकै चुनौतीपूर्ण बन्दै गइरहेको जनाएको छ । विभागका महानिर्देशक कमलप्रसाद भट्टाराईका अनुसार ठगीमा परेका दैनिक ५० वटा उजुरी आइरहेको छ । ‘इथिकल (न्यायोचित) भर्ना हाम्रा लागि निकै चुनौतीपूर्ण बन्न थालेको छ । यसलाई हस्तक्षेप गर्न जरुरी छ,’ श्रम मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने । सरकारले ...