। नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।
तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।
उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।
शेर्पालाई केपी शर्मा ओली समूहले सूचीमा राखेको थियो ।