मुख्य समाचार
पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ
पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ

। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

‘कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। पत्रकारमाथि भएको अमर्यादित व्यवहारप्रति महासंघ निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ यो घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ।’

मंसिर २७ गते शनिबार दुई जना अपरिचत युवाले नयाँ सन्देश अनलाइनका सम्पादक चन्दलाई गलत नियतले पछाडिबाट धकेलेको थियो। उक्त घटनाप्रति पत्रकार महासंघ कैलाली शाखाले आपत्ति जनाएको थियो ।

शाखाले उक्त घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन पत्रकार महासंघको केन्द्रीय समितिलाई जानकारी गराएको थियो। दुई जना अपरिचित युवाले गरेको उक्त हर्कत भिडियोमा स्पष्ट देखिएको शाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या उल्लेख नभएको फारम जिल्ला-जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति देउवा भेट्न पुगेका हुन् । भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बर ...
। काठमाडौंको चमती र रानिवनबाट ५५ किलो गाँजा बरामद भएको छ । चमतीस्थित सडकबाट एक ट्याक्सीमा बोकेको अवस्थामा र घरबाट गरी ५५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । गएराति ३ बजेतिर इनड्राइभ ट्याक्सीलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । भारतीय नागरिक ३८ वर्षीय सोन ...
। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्यान्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरे । नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क ...
। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
। नेपालमा ७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रिक्त भएको डेढ महिना बित्दा समेत बढुवा हुन सकेको छैन । गत ९ कात्तिकका पाँच एसएसपीहरु भुपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौंमा अभिनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका थिए । सिफारिस भएको एक सातापछि उनीहरूले डीआईजीको दर्ज्यानी चिह्न प्राप्त गरे । त्यसपछि १ ...