मुख्य समाचार
‘अवतार ३’ ले अग्रिम टिकट बिक्रीमार्फत नेपालमा कमायो ३६ लाख
‘अवतार ३’ ले अग्रिम टिकट बिक्रीमार्फत नेपालमा कमायो ३६ लाख

। विश्वले पर्खिरहेको फिल्म ‘अवतार’ को तेस्रो श्रृंखला शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आउँदैछ । नेपालमा ११ दिनअघि नै यो फिल्मको एड्भान्स टिकट बिक्री सुरु भैसकेको छ ।

यस्तोमा, ‘अवतार : फायर एण्ड एस’ को पर्खाइ नेपाली दर्शकमाझ पनि देखिन्छ । यसको स्पष्ट संकेत, मंगलबार दिउँसोसम्म विक्री भएको टिकट संख्या र ग्रस कलेक्सनलाई लिएर देख्न सकिन्छ ।

मंगलबार बिहान ११ बजेसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मका ८ हजार ३४६ वटा टिकट बिक्री भैसकेका छन् । त्यति टिकट बिक्रीबापत फिल्मले ३६ लाख ४० हजार ४८० रुपैयाँ नेरु ग्रस कमाएको छ ।

विहिबार बेलुकासम्म फिल्मको एड्भान्स टिकट बिक्रीले ४५ देखि ५० लाख सजिलै नाघ्ने अनुमान गर्न सकिन्छ ।

नेपाली र भारतीय फिल्मपछि तेस्रो ठूलो वित्तिय आकार ओगट्ने हलिउड फिल्मले नेपालमा त्यति परिमाणको टिकट बिक्री गर्नु भनेको आफैमा उच्च हो । फिल्मले पहिलो सप्ताहन्तमा राम्रै कमाइ गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

१९७ मिनेट रनटाइमको यो फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । यसका अघिल्ला दुई श्रृंखलामा सर्वकालिन धेरै कमाउने विश्व फिल्मको उत्कृष्ट ५ को सूचीमा पहिलो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम