मुख्य समाचार
विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरू पूरा गरेपछि दमकडा माविले आईएसओ सर्टिफाइड लोगो पाएको छ
विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरू पूरा गरेपछि दमकडा माविले आईएसओ सर्टिफाइड लोगो पाएको छ

: पाल्पाको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण फड्को मार्दै आएको दमकडा माध्यमिक विद्यालयले आईएसओ सर्टिफाइड विद्यालयको मान्यता पाउने गरी आफ्ना गतिविधि बढाएको छ। विद्यालय शिक्षालाई गुणस्तरीय, अनुशासित, संस्कारी र सिक्ने, टिक्ने र बिक्ने गरी विकास गर्न विद्यालयले भौतिक तथा शैक्षिक विभिन्न गतिविधिका सूचकहरू पूरा गरेपछि दमकडा माविले आईएसओ सर्टिफाइड लोगो पाएको छ। पाल्पामा आईएसओ सर्टिफाइड लोगो पाउने दमकडा मावि पहिलो विद्यालय बनेको छ।




विद्यालय सुधारका लागि लगातार ७ महिनाको मिहिनेतपछि विभिन्न ५१ वटा विद्यालय सुधारका सूचकहरू पूरा गरी, तोकिएका सूचकहरूको अनुगमन, मूल्यांकन, तथा प्रमाणीकरण गरी विद्यालयलाई ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्माले दमकडा माविलाई आईएसओ सर्टिफाइड लोगो प्रदान गरेका हुन्।


तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटा, आईएसओ विद्यालयका संयोजक जीवन आचार्यलाई काउन्सिलका नेपाल प्रतिनिधि शर्माले विद्यालयलाई आईएसओ सर्टिफाइड लोगो प्रदान गरे।




लोगो पाएसँगै अब दमकडा माविले आगामी तीन वर्षभित्र बाँकी तीन सय सूचकहरू पूरा गरी ती सूचकहरूलाई व्यवस्थापन प्रणालीमा स्थायी रूपमा लागू गरी पूर्ण आईएसओ सर्टिफाइड विद्यालयको रूपमा घोषणा हुने बाटो खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ। आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी ...