मुख्य समाचार
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह

— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।



चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए ।

प्राकृतिक स्रोत साधन, रणनीतिक एवं भौगोलिक अवस्थिति, ऊर्जाशील युवा जनशक्तिका कारण नेपाल लगानीका लागि उपयुक्त रहेको निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । ‘चिनियाँ लगानीबाट नेपालमा हुने उत्पादनले भारत र चिनियाँ बजारमा सहज पहुँच विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘नेपालमा वैदेशिक लगानीको सुरक्षाप्रति वर्तमान सरकारको स्पष्ट प्रतिबद्धताले पनि लगानीको वातावरण राम्रो बन्दै गएको छ ।’

जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र रियल इस्टेटजस्ता क्षेत्रहरूमा अपार सम्भावना रहेको मल्लले बताए । यी क्षेत्रमा चिनियाँ लगानी भित्रिएमा आधुनिक प्रविधि, ठूलो पुँजी र विकास अनुभवमार्फत रोजगारी सिर्जना, उद्योग निर्माण र राष्ट्रिय रूपान्तरणलाई तीव्रता दिन सकिने उनको भनाइ छ ।

चिनियाँ उद्यमी व्यवसायीसंग सहकार्य गर्न तयार रहेको भन्दै मल्लले लगानीका लागि स्थिर, मैत्रीपूर्ण र प्रतिफलको सुनिश्चितता गराइने उनले बताए ।


नेपालका लागि चिनियाँ राजदूत चेन जोङले नेपालको पर्यटन, कृषि लगायतका क्षेत्रमा चिनियाँ लगानी विस्तार भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको आम्दानी र खर्चबीच डेढ खर्ब रुपैयाँ बराबर खाडल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थामा ५ खर्ब ...
केपी शर्मा ओली र ईश्वर पोखरेल खेमा भएर प्रतिस्पर्धा भइरहेको नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारहरूले आफ्नो प्रचार गर्न अनेक विधि अपनाएका छन्
। सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजस्व ...
ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीले गरेको कुटपिट र दुर्व्यवहारको जाहेरी लिन प्रहरीले नमानेपछि वित्तीय क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन् ।