मुख्य समाचार
कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद
कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद

: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा–धरान सडक खण्डमा कारमा लोड गरी ल्याउँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाँजासहित कारसमेत बरामद गरिएको छ।

आइतबार मध्यराति समयमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक दीपक नापितको कमाण्डमा खटिएको ५ जना र प्रहरी चौकी नडाहाबाट प्रहरी सहायक निरीक्षक जीव नारायण भट्टको कमाण्डमा खटिएको ७ जना गरी जम्मा १२ जनाको संयुक्त टोलीले धरानतर्फबाट नडाहा तर्फ आउँदै गरेको बा १८ च ३८३४ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा गाजा भेटिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए।


प्रहरीले चेकजाँचको क्रममा कारभित्र लोड गरी ल्याइँदै गरिएको ५ पोका अवैध लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको तौल अन्दाजी १५० केजी रहेको बताइएको छ। कारमा सवार व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका–५ बस्ने २१ वर्षका सचिन मेहता र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने २३ वर्षका करण साह रहेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए।

उनका अनुसार बरामद गरिएको गाँजा, प्रयोग गरिएको कार र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइएको छ। लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच निरन्तर समन्वय र संयुक्त गस्तीलाई प्रभावकारी बनाइएको थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सकिने चरणमा पुगिसके पनि सर्भिस प्रोभाइडर अर्थात् सेवा प्रदायक नछानिँदा अन्योल बढेको छ । सबैको चासो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेबाट सञ्चालनमा आउँछ भन्नेमा छ । नागढुंगा–सिस्नेखोला भएर ओहोरदोहोर गर्ने यात्रु र चालकको ध्यान पनि सधैंजसो सुरुङमार्गतर्फ नै सोझिन्छ । तर यसअघि अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउने भनिए पनि सेवा प्रदायक नछानिँदा त्यो ...
: आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा)ले उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। त्रिपाठीको आफ्नो गृह जिल्ला नवलपरासीबाट उम्मेदवारको सिफारिससँगै सबै जिल्लाबाट संकलनको काम सुरु गरेको हो। त्रिपाठीलाई नवलपरासीका दुवै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गरी जिल्ला समितिले सिफारिस गरेको जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी ...
— राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञका रूपमा कार्यरत नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाले राजीनामा दिएका छन् । थापा २०७९ चैत १४ गतेदेखि राष्ट्रपति पौडेलको राजनीतिक विज्ञका रूपमा कार्यरत थिए । राष्ट्रपतिलाई सम्बोधन गरी लेखिएको पत्रमा गएको मंसिर १२ गते उल्लेख गरिए पनि मंगलबार मात्रै उनले उक्त पत्र पत्रकारलाई उपलब्ध गराएर सार्वजनिक गरेका हुन् । प्रतिनिधिसभा ...
: बाराको फेटा गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। वीरगन्जमा सोमबार आयोजित रास्वपाको प्रथम वीरगन्ज महानगर भेलामा फेटा गाउँपालिकाका अध्यक्ष अन्सारी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले अन्सारीलाई पार्टीमा स्वागत गरे। अन्सारी २०७९ को स्थानीय तहको निर्वाचनमा रविन्द्र मिश्र नेतृत्वको तत्कालीन विवेकशील साझा पार्टीका तर्फबाट फेटा गाउँपालिकाको ...
— धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन् । कुमार, विश्वक्रान्ति र देवराज लामा भनेर समेत चिनिने उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो । सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको सीआईबीका एक अधिकृतले बताए । उनी १५ फागुन ...