मुख्य समाचार
उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला
उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला

— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।



केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् ।

मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला फेराराले एक ठाडो पहाडमा सयौँ मिटरसम्म फैलिएका ती पदचिन्ह देखेका थिए। त्यसयता यस विषयमा अनुसन्धानकर्ताहरुले लगातार खोजी गरिरहेका छन् ।

यी डायनासोरहरू प्रोसाउरोपोड प्रजातिको भएको अनुसन्धानकर्ताको अनुमान छ । यस्ता प्रजातीको लामो घाँटी, सानो टाउको र धारिला नङ्ग्रा हुने गर्थे । ती प्रजाती शाकाहारी थिए ।

मिलानस्थित जीवाश्म विज्ञ क्रिस्टियानो डाल सास्सोले भने, 'म बसोबास गर्ने क्षेत्रमै अद्भुत खोज भेटिन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइँन । '

ट्रायासिक काल (करिब २५० देखि २०१ मिलियन वर्षअघि) मा त्यो पहाडी भित्तो ज्वार–भाटा आउने समथर भूभाग थियो, कालान्तरमा एल्प्स पर्वत शृंखलाको हिस्सा बन्यो । 'यो स्थान डायनासोरहरूले भरिएको थियो,' दाल सास्सोले भने ।

उनका अनुसार डायनासोर बथानमा मिलेर अघि बढ्थें । 'यहाँ अझ जटिल व्यवहारका प्रमाणहरू पनि छन् । सम्भवतः आत्मरक्षाका लागि जनावरहरूको समूह गोलो घेरामा जम्मा भएजस्तो पनि देखिन्छ,' उनले भने ।


यी प्रोसाउरोपोडहरू १० मिटर (३३ फिट) सम्म लामो हुन सक्थे। तिनीहरू प्रायः दुई खुट्टामा हिँड्थे, तर कतिपय स्थानमा पाइलाका छापको अगाडि हातका छाप पनि भेटिएका छन्, जसले उनीहरू कहिलेकाहीँ रोकिने र अगाडिका खुट्टा जमिनमा टेकाएर विश्राम गर्ने गर्थे भन्ने संकेत गर्छ ।

प्रोसाउरोपोडहरु १० मिटरसम्म लामो हुन्थें, उनीहरु दुई खुट्टाले हिंड्थे । तर केही ठाउँमा हातका डोबहरु पनि पदचिन्हभन्दा अगाडी भेटिएका छन् । जसले उनीहरु आरामका लागि रोकिदाँ आफ्ना हातहरुले पनि मैदानमा टेक्थे भन्‍ने संकेत गर्छ ।

इटलीको संस्कृति मन्त्रालयले अनुसन्धानस्थल दुर्गम क्षेत्रमा रहेकाले ड्रोन र रिमोट सेन्सिङ प्रविधिको सहायताले अनुसन्धान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...