मुख्य समाचार
पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्
पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्

: पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्। २८ वर्षीय डेम्बेलेले यसअघि बालोन डी’ ओर अवार्ड पनि जितेका थिए।

उनले यो उपाधिका लागि बार्सिलोनाका लमीन यमल र रियल म्याड्रिडका केलियन एम्बापेलाई पछि पार्दै वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। कतारको दोहामा आयोजित कार्यक्रममा उनले वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। उनले पीएसजीलाई फुटबलका शीर्ष ४ उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।


सन् २०२३ मा पीएसजीमा अनुबन्ध भएका डेम्बेलेले ५३ खेलमा ५१ गोल गरेका छन्। उनले पीएसजीका लागि पहिलो च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

महिला वर्ष उत्कृष्ट खेलाडीतर्फ बार्सिलोनाकी आइताना बोनमतीले वर्ष उत्कृष्ट महिला खेलाडी २०२५ को उपाधि जितिन्। म्यानचेस्टर सिटीका गोलरक्षक डोनारुम्माले वर्ष उत्कृष्ट गोलरक्षकको उपाधि जिते। पीएसजीलाई च्याम्पियन्स लिगको उपाधिसम्म डोर्‍याउने प्रशिक्षक लुइस एनरिक वर्ष उत्कृष्ट प्रशिक्षक २०२५ को उपाधि जिते। वर्ष उत्कृष्ट टिमको उपाधि २०२४–२५ को पीएसजीको टिमले जित्यो।

यो अवार्डका लागि २०२४ को अगष्टबाट २०२५ को अगष्टसम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मानिएको थियो। यस उपाधिका लागि राष्ट्रिय टिमका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम