मुख्य समाचार
आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी
आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी

— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ ।



अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो ।

पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ तापक्रम वृद्धि उच्च रहेको उक्त रिपोर्टले औल्याएको छ । १३ देशका १ सय १२ जना लेखकहरुले सहकार्य गरेर यो रिपोर्ट तयार गरेका हुन् ।

स्याटेलाइट इमेज लिन थालिएको ४७ वर्षयता मार्च २०२५ मा हिउँदको हिउँको सतह सबैभन्दा कम रहेको पनि रिपोर्टमा उल्लेख छ ।

लेखकहरुले मंगलबार पत्रकार सम्मेलन गर्दै यस रिपोर्टबारे जानकारी दिएका हुन् । सम्मेलनमा एक रिपोर्टरले जिवाश्म इन्धन प्रदूषण र आर्टिक क्षेत्रमा देखिएको वातावरणीय परिवर्तनबीचको सम्बन्धबारे सोधेका थिए ।

तर, एनओएएका कार्यकारी प्रमुख वैज्ञानिक स्टेफेन थुरले जिवाश्म इन्धन र जलवायु परिवर्तनको विषयलाई आफ्नो जवाफमा प्रत्यक्ष उल्लेख गरेनन् ।

‘हाम्रो ग्रह नाटकीय रुपमा परिवर्तन भइरहेको हामीलाई थाहा छ । एनओएएमा हाम्रो भूमिका आज के भइरहेको छ भन्ने विषयलाई दस्तावेजीकरण गरेर भविष्यमा के हुनसक्छ भन्ने प्रक्षेपण गर्ने प्रयास गर्नु हो,’ उनले भने ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनमा औद्योगिकरणको भूमिका र त्यसले वातावरणमा पारेको प्रभावको विषयलाई नजरअन्दाज गर्दै आएका छन् । पछिल्लो समय अमेरिकी संघीय संस्थानहरुले आफ्नो वेवसाइटबाट जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिजस्ता विषयलाई हटाउने गरेका छन् ।

आर्टिक क्षेत्रमा वातावरणीय क्षति निम्तिरहेकै समय अमेरिका, रुस र नर्वेजस्ता देशले यहाँ तेल उत्खनन् गर्ने योजना बनाइरहेका छन् ।

गत अक्टुबरमा क्रेमलिन इन्भेस्टमेन्टका किरिल दिमिट्रेभले साइबेरियादेखि अलास्कासम्मको १ सय १२ किलोमिटर रेल रोड तथा कार्गो लिंकले अमेरिका र रुसलाई संयुक्त रुपमा यहाँ स्रोतहरुको उत्खनन् गर्न सहयोग पु¥याउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: फिलीपिन्सको पालावान प्रान्तस्थित कोरोन क्षेत्र नजिकै समुद्रमा एक यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ,भने ८७ जना यात्रु बेपत्ता भएका छन्। 'एमभी जुनियर एस्टर' नामको उक्त फेरी फिलिपिन्सको राजधानी मनिलाबाट पालावान प्रान्तको पर्यटकीय क्षेत्र कोरोनतर्फ जाँदै गर्दा अचानक आगलागी भएको हो। दुर्घटनाको खबर पाउनेबित्तिकै खटिएका कोस्ट गार्ड र उद्धारकर्ताहरूको टोलीले हालसम्म ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी नोभेम्बरमा हुने मध्यावधि (मिडटर्म) निर्वाचनलगत्तै समाप्त हुन सक्ने दाबी गरेका छन्। बिहीबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान अब लामो समयसम्म युद्ध जारी राख्ने स्थितिमा नरहेको बताए। त्यसैगरी, निर्वाचन अघिसम्म इन्धनको मूल्य घट्ने सम्भावना नरहेको संकेत पनि उनले गरे। 'मलाई लाग्छ निर्वाचनको लगत्तै युद्ध सकिनेछ, किनभने उनीहरू ...
: पाकिस्तानले 'मक्का रक्षा सम्झौता' का तीन सदस्य राष्ट्रमध्ये कुनै एकमाथि आक्रमण भएमा त्यसलाई तीनै देशमाथिको संयुक्त आक्रमण मानिने स्पष्ट पारेको छ। उक्त प्रावधानका विषयमा कसैलाई पनि कुनै अन्योल नरहन पाकिस्तानले चेतावनी दिएको छ। बीबीसी फारसीलाई उद्धृत गर्दै पाकिस्तानी रक्षा मन्त्री ख्वाजा आसिफले साउदी अरबमाथि यमनका हुथी विद्रोहीहरूले शृङ्खलाबद्ध हमला गरेपछि यो सम्झौता लागू हुन सक्ने ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन मदिरा, केही दुग्धजन्य पदार्थ र ठूला मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। यस कदमले भन्सार महसुलबाट सुरु भएको व्यापार युद्धलाई अझ उग्र बनाएको छ। दशकौंदेखि आपसमा जोडिएको दुई देशको व्यापारिक सम्बन्धमा यस निर्णयले गम्भीर खटपट ल्याएको छ। यसले सीमाका दुवैतर्फका व्यवसायी तथा उपभोक्ताहरूलाई ठूलो असर पुर्याउने सम्भावना बढाएको छ। यो आयात ...
। इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् । इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ । इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू ...