मुख्य समाचार
जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ
जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ

— २३ र २४ भदौमा भएको जेन-जी आन्दोलन जाँचबुझ गर्न गठन भएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर हालसम्मको कामबारे ब्रिफिङ गरेका छन् । उनले हालसम्म प्रशासनिक र सुरक्षा निकायतर्फका सबैको बयान सकिएको र अब राजनीतिक तहमा रहेकाहरूको बयान सकेर प्रतिवेदन लेखनमा लाग्ने जानकारी गराए ।

आगामी आइतबारदेखि राजनीतिकस्तरका नेतालाई बयानका लागि बोलाउने तयारी गरेको जानकारीसँगै अध्यक्ष कार्कीले आयोगको नयाँ कार्यादेशअनुसार समय नपुग्ने भएकाले म्याद थप गर्ने कि नगर्नेबारे पनि कुरा राखेका थिए ।

उनले बयान सक्दा आयोगको मिति पनि सकिने भएकाले प्रतिवेदन लेखन अनि जेन-जीसँग भएको सम्झौताअनुसारको क्षेत्राधिकारबारे काम गर्नुपर्ने भएकाले केही समय म्याद थप गर्न उनले आग्रह गरेका थिए ।

उनले आयोगको म्याद एक महिना थप्न प्रधानमन्त्रीलाई आग्रहसमेत गरेको र प्रधानमन्त्रीले छलफल गर्ने र आवश्यक भए थपेर जाने जवाफ दिएकी थिइन् ।


यसअघि मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
मंसिर २७ गते वीरगन्ज पुरानो बसपार्कस्थित त्रिशाला होटलमा मृत फेला परेकी होटलकी कर्मचारी सुनिता स्याङ्बोको मृत्युको घटनाको छानबिन तथा दोषीलाई कारबाहीको माग गर्दै उनका आफन्त तथा स्थानीयले बुधबार वीरगन्जमा प्रदर्शन
— काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोधा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 'आज बिहान ...
विभिन्न लडाकु समूह र उग्रवादी संगठनहरूले विश्वव्यापी रूपमै एआई प्रविधिको प्रयोग बढाउँदै लगेकोमा नियामक निकाय, नीति निर्माता र साइबर सुरक्षा विज्ञहरूले चिन्ता प्रकट गरेका छन्
— संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अन्डरपास' निर्माण गरिरहेको छ । आयोजनाको भारी निर्माण सामग्री पुलबाट ओसार्न जोखिम भएकाले ६० मिटर लामो अन्डर पास बनाउन लागिएको हो । कोशी राजमार्गको धरान–धनकुटा खण्डअन्तर्गत मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको २०० मिटर लामो पक्की पुल छ । उक्त पुलको अधिकतम भारवहन क्षमता ...
— प्रहरीले मंसिर महिनामा सल्यानका विभिन्न स्थानमा अवैध रूपमा स्थानीयले लुकाई छिपाइ राखेका ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । निर्वाचनका बेला स्थानीयले लुकाइराखेको हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागले बरामद गर्न परिपत्र गरेपछि खोजतलास अघि बढाइएको प्रहरीले जनाएको छ । सोही क्रममा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाई छिपाइ राखिएका ३३ थान भरुवा बन्दुक ...