— नेपालका लागि चीनका राजदूत छन सङ सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।
भेटका क्रममा नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राजदूत छन सोङले नेपालको विकास र समृद्धिमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बताए ।
यो भेटले दुई छिमेकी राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।