मुख्य समाचार
अस्ट्रेलियाको बोन्डाइ तटमा गोली चलाउनेमाथि ५९ वटा अभियोगमा मुद्दा दायर
अस्ट्रेलियाको बोन्डाइ तटमा गोली चलाउनेमाथि ५९ वटा अभियोगमा मुद्दा दायर

— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ ।



न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् ।

यसबाहेक आतङ्कवादी गतिविधि गरेको, हतियारबाट गोली चलाएको, विस्फोटक पदार्थ राखेको र सार्वजनिक रूपमा आतङ्कवादी संगठनको चिन्ह प्रदर्शन गरेको अभियोग लगाइएको छ ।

१४ डिसेम्बरमा हनुक्का महोत्सवको पहिलो रातका दौरान गोली चलेको थियो । एक आक्रमणकारीसहित १६ जनाको ज्यान गएको थियो ।


बाबु-छोरा साजिद अकरम र नविद अकरमले गोली चलाएको सीसीटीभी फुटेजमा देखिन्छ । त्यसमध्ये ५० वर्षका साजिदको घटनास्थलमै प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।

छोरा नविदलाई प्रहरीले पक्राउ गरेर अस्पताल लगेको थियो । अहिले उनको उपचार भइरहेको छ । उपचारपछि मात्रै उनको बयान लिइने प्रहरीले जनाएको छ । अदालती प्रक्रिया अप्रिलसम्मका लागि सारिएको छ ।


यो घटना सन् १९९६ पछि अष्ट्रेलियामा भएको सबैभन्दा ठूलो सामूहिक गोलीकाण्ड हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् । ‘जब मैले बीबी(बेन्जामिन) नेतान्याहुलाई समर्थन गरँे, त्यसपछि पूरा परिस्थिति नै बदलियो,’ ट्रम्पले लेखेका छन्, ‘अहिले एक महान् प्रधानमन्त्रीले निर्णायक हार बेहोर्ने अवस्थाको सट्टा पछि परेको स्थितिबाट ठूलो पुनरागमन गर्दै बराबरीको प्रतिस्पर्धामा ...
। बेलायतका विश्वविद्यालयमा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अब आफूसँग जीवनयापन खर्च पर्याप्त रहेको प्रमाणित 
गर्नुपर्ने भएको छ । बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो । लन्डनभित्र वा बाहिर अध्ययन गर्ने आवेदकहरूले अब बेलायतमा आफ्नो जीवनयापन खर्च धान्न पहिलेभन्दा बढी रकम आफूसँग भएको देखाउनुपर्नेछ। हाल लन्डनमा ...
: स्पेनमा दुई तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार बिहान ९ बजे भएको दुर्घटनामा रेन्फे र इरियो कम्पनीका रेलहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनाका कारण इरियो रेलका दुई वटा डिब्बा पटरीबाट बाहिर खसेको बताइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण र घाइतेहरूको यकिन तथ्यांक संकलन गरिरहेका छन्।
: रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला ...
: बेलायतका राजा चार्ल्स तृतीयले क्यारिबियन क्षेत्रको भ्रमणका क्रममा दास व्यापार र औपनिवेशिक शासनको पीडादायी इतिहास स्वीकार गर्ने भएका छन् । तर, बेलायतको दास व्यापारमा रहेको भूमिकाका लागि औपचारिक माफी माग्ने वा क्षतिपूर्ति दिने योजना भने नरहेको जनाइएको छ । नौदिने क्यारिबियन भ्रमणका क्रममा राजा चार्ल्स पहिलोपटक राष्ट्रप्रमुखका रूपमा बहामास पुगेका हुन् । भ्रमणका क्रममा उनले ...