— खोलामा पानीको मात्रा घटेपछि विद्युत् उत्पादनमा कमी आएको छ । १२२.९ मेगावाट विद्युत् जम्मा हुने पाँचथरको अमरपुर सब–स्टेसनमा हाल करिब ५४ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।
अमरपुर सब–स्टेसनका एक कर्मचारीका अनुसार बुधबार बिहान ५.८ मेगावाट क्षमताको अपर फावाखोला युनाइटेड हाइड्रोपावरबाट २.१७ मेगावाट, ५ मेगावाट क्षमताको फावाखोला शिवानी हाइड्रोपावरबाट २.६८ मेगावाट र ९.७ मेगावाट क्षमताको इवाखोलाबाट ५.१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
यस्तै, ९.७ मेगावाट क्षमताको रैराङ, २५ मेगावाट क्षमताको काबेली बी–वान र ९.७ मेगावाट क्षमताको काबेली क्यास्केड गरी ४५ मेगावाट क्षमताबाट १८.२८ मेगावाट मात्रै उत्पादन भइरहेको ती प्राविधिकले बताए ।
४७.७ मेगावाट क्षमताको सुपर काबेलीका तीन वटा आयोजनाबाट हाल २५.१५ मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ । पानीको मात्रा बढे उत्पादन बढ्ने र घटे फेरि घट्ने क्रम निरन्तर भइरहने प्राविधिकहरूले बताएका छन् ।
कार्तिक महिनापछि खोलामा पानी घट्न थालेसँगै उत्पादन घट्ने क्रम सुरु भएको उनीहरूको भनाइ छ । बुधबार बिहानको मापनअनुसार १२२.९ मेगावाट क्षमता रहेको अमरपुर सब–स्टेसनमा ५३.२९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।