मुख्य समाचार
सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी
सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी

। सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी हुने भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिएर उद्धार गर्ने कर्मचारी, २०८१ मा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको हो ।


सहभागी हुनेहरुमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिएर १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए । उनले २ जना पर्यटकको जिवितै उद्धार गरेका थिए ।

यसैगरी सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनाको रोप रेस्क्यु विधिद्धारा सकुशल उद्धार गर्नुका साथै विभिन्न घटनामा २० पटक खटिएर १५ जनाको शव निकालेका थिए ।

सहायक हवल्दार मेखबहादुर गुरुङ्गले गोताखोर तालिम प्राप्त गरी १७ वटा तालिमहरुमा उत्कृष्ट प्रशिक्षकको रुपमा समेत निरन्तर खटिदै आएको तथा विभिन्न घटना तथा दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव निकाल्नुको साथै विदेशी नागरिकको उद्धारमा समेत खटिएका थिए ।

आपत् विपद्मा परेका नागरिकको सेवा, सुरक्षा, सहयोग र उद्वारमा उत्कृष्ट कार्य गर्न सफल भई सशस्त्र प्रहरी सहायक हवल्दार किरणबहादुर भण्डारी गत वर्षको उत्कृष्ट ‘वर्ष जवान–२०८१’ घोषित भएका थिए । उनलाई पनि संगठनको नीति अनुसार मिसनको अवसर दिइएको छ ।

मिसनमा अवसर पाएका सशस्त्र प्रहरी परिचर पुरन राईले नेपाल एपीएफ क्लवका आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देश र संगठनको नाम उच्च राख्दै बक्सिङ्ग विधामा उत्कृष्ट खेल प्रदर्शन गरी ८ स्वर्ण, ३ रजत र १ कांस्य गरी जम्मा १२ वटा पदक प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना (२०८३र८४–२०८७र८८) स्वीकृत गरेको छ। रणनीतिले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा रेबिज प्राणघातक जुनोटिक रोगका रूपमा रहेको र समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्यु पूर्णरूपमा रोक्न सकिने रणनीति दस्तावेजमा उल्लेख छ। आर्थिक वर्ष २०८१र८२ ...
। नेपालमा खाना पकाउने ग्यासको अभाव चुलिदै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास विक्रेता महासंघ नेपालले आयल निगमको ध्यानाकर्षण गराएको छ । महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगहरूबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन माग गरेको हो । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकभन्दा धेरै ...