मुख्य समाचार
मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान
मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान

विश्व फुटबलका महान् खेलाडी मेस्सी यसै साता भारत भ्रमणमा आएर । ‘द गोट टुर इण्डिया २०२५’ अन्तर्गत तीन दिन भ्रमणका लागि आएका उनी सोमबार फर्किएका छन् । भारत भ्रमणमा रहँदा उनले विदेशी संस्कृतिप्रति देखाएको सम्मानले सामाजिक सञ्जालमा यति बेला तहल्का पिटेको छ ।

हालै सार्वजनिक भएको तस्बिरमा मेस्सीले वनतारामा परम्परागत आरती गर्दै प्रार्थना गरेको दृश्यले विश्वभरका फ्यानको ध्यान खिचेको छ । उनका फ्यानहरूले केवल खेलकूदका लागि मात्र नभएर मानवता र संस्कृतिप्रति सम्मान देखाएको भन्दै उनको प्रशंसा गरिरहेका छन् ।

अर्जेन्टिनाका यी सुपरस्टार १३ डिसेम्बरमा भारत आएका थिए ।

पहिले २०११ को सेप्टेम्बरमा पहिलो पटक भारत आउँदा उनले कोलकातामा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेलेका थिए । यसपटक भने कोलकाता, हैदराबाद, मुम्बई र दिल्ली गरी चार शहरमा उनको सयर भयो ।

उनको कोलकाता भ्रमण विवादित पनि बन्यो । शनिबार मेस्सी कोलकाताको साल्ट लेक स्टेडियममा जाँदा उनलाई देख्न नपाएको भन्दै प्रशंसकहरूले तोडफोड गरे । मेस्सी फर्किए पनि यस घटनाले भारतको पश्चिम बंगालको राजनीति नै तरंगित बनिरहेको छ ।

तर भ्रमणको सबैभन्दा रोचक र हृदयस्पर्शी भाग भने जामनगरको वनतारा भ्रमण रह्यो, जहाँ मेस्सीले भारतीय संस्कृति र सनातन धर्मको सम्मान गर्दै परम्परागत अनुष्ठानमा भाग लिए । विश्वका ठूला उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको निमन्त्रणामा भ्रमणको अन्तिमतिर उनी आफ्ना साथीहरू लुइस सुआरेज र रोद्रिगो डे पलसहित जामनगर पुगे।



वनतारा विश्वको सबैभन्दा ठूलो वन्यजन्तु उद्धार, पुनर्वास र संरक्षण केन्द्र हो, जसलाई अनन्त अम्बानीले स्थापना गरेका हुन् । ३ हजार एकडमा फैलिएको यो केन्द्रमा सिंह, बाघ, हात्ती, चितुवा जस्ता जनावरहरूको संरक्षण गरिन्छ । उनीहरूलाई परम्परागत स्वागत गरियो, लोक संगीत, फूलको वर्षा र आरती भयो ।



वनतारामा सबै काम सनातन धर्म अनुसार देवताहरूको आशीर्वाद लिएर सुरु हुने गर्छ । मेस्सीले पनि यो परम्परालाई सम्मान गर्दै मन्दिरमा महाआरती गरे । उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा भाग लिए । विशेषगरी हनुमानजीको मूर्तिअगाडि माथि टेकेर आशीर्वाद लिएको दृश्य अत्यन्त मार्मिक थियो ।



मेस्सीले पूजा थाली समातेर आरती गरे, टीका लगाए र शान्तिपूर्वक प्रार्थना गरे । धर्मले फरक पारे पनि संस्कृति र परम्पराको आदर गर्नु मानवताको सबैभन्दा ठूलो गुण हो भन्ने कुरा मेस्सीले देखाएको सम्मानले विश्वलाई सन्देश दियो ।



उनले पूजामा भाग मात्र लिएनन्, वनताराको संरक्षण कार्यको पनि मुक्तकण्ठले प्रशंसा गरे। उनी जनावरहरूको केयर सेन्टर घुमे, सिंह–बाघसँग नजिकबाट भेटे र कर्मचारीहरूसँग कुराकानी गरे ।

मेस्सीले स्पेनिसमा भने, ‘वनताराले जनावरहरूका लागि जुन काम गरिरहेको छ, यो साँच्चै सुन्दर छ । उनीहरूलाई बचाउने, हेरचाह गर्ने तरिका प्रभावशाली छ । हामीले यहाँ अद्भुत समय बितायौँ ।’

चार शहरको भ्रमणमा लाखौँ फ्यानहरूले उनलाई स्वागत गरे । दिल्ली, मुम्बई, हैदराबाद र कोलकातामा उनी जहाँ गए, भीड उत्तिकै थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ फुटसल च्याम्पियनसिप : पुरुष र महिला टोलीको बन्द प्रशिक्षणका लागि खेलाडी छनोट
। फिफा काउन्सिलले २०२६ मा आयोजना हुने फिफा पुरुष विश्वकपका लागि कीर्तिमानी रकम स्वीकृत गरेको छ । विश्वकपका लागि ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत भएको हो । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो। प्रतियोगिताको उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) ...
मड्रिडका दुई क्लब रियल मड्रिड र एट्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश
। काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा एपीएफ क्लब र भारतको इस्ट बंगाल एफसीले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि फिनिसिङ भने हुन सकेन । इस्ट बंगालको अट्याकलाई एपीएफकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट बचाउ गरेकी थिइन् । आजको नतिजाका ...
: पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्। २८ वर्षीय डेम्बेलेले यसअघि बालोन डी’ ओर अवार्ड पनि जितेका थिए। उनले यो उपाधिका लागि बार्सिलोनाका लमीन यमल र रियल म्याड्रिडका केलियन एम्बापेलाई पछि पार्दै वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। कतारको दोहामा आयोजित कार्यक्रममा उनले वर्ष ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम