मुख्य समाचार
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने
पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने

। पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ ।


दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो जंगल हुँदै देशको पूर्वबाट पश्चिम र पश्चिमबाट पूर्वतर्फ यात्रा गर्दछन्, तर यो खण्डमा मोबाइल नेटवर्कको कभरेज राम्रो थिएन । यो खण्ड वन तथा जंगलको क्षेत्रबाट गुज्रिएको मधेश प्रदेशकै सबैभन्दा लामो सडक खण्ड हो, जसको दूरी २१ किलोमिटर छ ।

साधारणतया राजमार्ग तथा वन क्षेत्रमा विद्युत् आपूर्ति र टावर व्यवस्थापनको समस्याले नेटवर्क नआउने र फोन नलाग्ने समस्या रहन्छ । एनसेलले सेवा उपलब्ध गराएसँगै यात्रु तथा वरपरका स्थानीय सहज सञ्चारबाट लाभान्वित भएका छन् ।


नेटवर्क नलाग्ने समस्या हटेको हुनाले जंगलको बाटोबाट यात्रागर्दा अब सुरक्षित महसुस भएको यात्रुहरु बताउँछन् । पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा सेवाको उपलब्धतालाई सुनिश्चित गर्न थप स्थानहरूमा टावर जडान गरी संचालन गर्न सम्भाव्यता अध्ययन भइरहेको एनसेलले जनाएको छ ।

वन क्षेत्रमा नयाँ टावर राख्न विभिन्न कारणले तत्काल सम्भव नभएकोले एनसेलले गढन्ता र लक्ष्मीनिया साझेदारी वन परिसरका निश्चित स्थानमा नयाँ प्रविधिको लिन नेटवर्क सोलुसनको प्रयोगमार्फत सेवा उपलब्ध गराएको हो ।

यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो सडक खण्डमा सेवा उपलब्ध गराउनका लागि डिभिजन वन कार्यलय (महोत्तरी), गढन्ता सब डिभिजन कार्यालय र बाँके सब डिभिजन वन कार्यालयले सहयोग तथा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्
— खोलामा पानीको मात्रा घटेपछि विद्युत् उत्पादनमा कमी आएको छ । १२२.९ मेगावाट विद्युत् जम्मा हुने पाँचथरको अमरपुर सब–स्टेसनमा हाल करिब ५४ मेगावाट मात्रै उत्पादन भइरहेको छ । अमरपुर सब–स्टेसनका एक कर्मचारीका अनुसार बुधबार बिहान ५.८ मेगावाट क्षमताको अपर फावाखोला युनाइटेड हाइड्रोपावरबाट २.१७ मेगावाट, ५ मेगावाट क्षमताको फावाखोला शिवानी हाइड्रोपावरबाट २.६८ मेगावाट र ९.७ मेगावाट क्षमताको ...
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। केपी शर्मा ओलीको प्यानलबाट निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवारी बनाइएको थियो
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम