मुख्य समाचार
शेखर कोइरालाले फागुन २१ गते निर्वाचन नभए संसद् पुनस्थापना हुने बताए
शेखर कोइरालाले फागुन २१ गते निर्वाचन नभए संसद् पुनस्थापना हुने बताए

। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ गते निर्वाचन नभए संसद् पुनस्थापना हुने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले फागुन २१ गते निर्वाचन नभए संसद पुनस्थापना भएर अघि जाने बताएका हुन् ।

कोइरालाले यदि तोकिएको मितिमा निर्वाचन नभए देशमा संवैधानिक संकट आउने दाबी गरे । ‘चुनाव नहुने हो भने संसद पुनर्स्थापनाको माग अगाडि बढेर जान्छ,’ कोइरालाले भने,‘अहिलेको सरकार संविधानअनुसार बनेको होइन, यदि संविधानलाई अझै डिरेल गर्दै जाने हो भने देशको अवस्था के हुन्छ भन्ने बुझ्न जरुरी छ। त्यसकारण संसद् पुनर्स्थापना भएर अगाडि जानुपर्छ ।’




सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा आम निर्वाचन घोषणा गरेपनि चुनावको तयारी स्वरुप कार्य अगाडि बढाउन नसकेको उनको भनाइ छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण निर्वाचनमा भाग लिएर लिने निर्णय गरिसकेको उनले बताए । संसद् पुनस्थापनाको मागसहित कांग्रेसका केही नेताहरु अदालत गएको उनको भनाइ छ । ‘हामीले निर्वाचनमा भाग लिने भनेका छौँ,’ उनले भने,‘तर, व्यक्तिगत स्वतन्त्रताको ख्याल गर्दै सांसदहरू सर्वोच्च अदालत जानुलाई अन्यथा लिनु हुँदैन ।’




आफूहरू निर्वाचनको लागि तयार भए पनि सरकारले वातावरण नबनाएको उनको आरोप छ । तोकिएको समयमा निर्वाचन नभए संसद् पुनर्स्थापनाको सम्भावना बलियो हुने कोइरालाको भनाइ छ ।

‘यो सरकार त संविधानअनुसार त भएको हैन । निर्वाचन कहिले हुन्छ भन्ने पनि छ । चुनाव त सरकारले गराउनुपर्‍यो । नेताहरूलाई भ्याली (काठमाडौँ उपत्यका) छोड्न नदिएर सरकारले कस्तो चुनाव गराउन खोजेको हो ?’ उनको प्रश्न थियो । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई उपत्यका छोड्न नपाउने निर्णय गरेको छ । कोइरालाले सरकारको यस्तो निर्णयप्रति आपत्ति जनाए ।

त्यस्तै उनले पार्टीको १५औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने पनि बताए । पार्टी महाधिवेशन पनि तोकिएकै समयमा हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । उनको ...
। कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए । ‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले ...
। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो । निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका ...
। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा ...
। नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ । महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम