मुख्य समाचार
जेनजी आन्दोलनमा क्षति व्यहोरेका सञ्चारमाध्यमलाई राहत प्याकेज घोषणा गर्न महासंघको आग्रह
जेनजी आन्दोलनमा क्षति व्यहोरेका सञ्चारमाध्यमलाई राहत प्याकेज घोषणा गर्न महासंघको आग्रह

। नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ ।

महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो ।


महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले क्षति पुगेका सञ्चारसंस्था र पत्रकारहरुलाई बिशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

सो क्रममा मन्त्री खरेलले क्षति पुगेका सञ्चार संस्थाहरू र निजी सवारी जलेका पत्रकारहरूलाई राहत दिनेबारे सरकार सकारात्मक रहेको बताए ।


महासंघ प्रतिनिधिमण्डल संगको भेटमा सचिव अर्यालले सञ्चार क्षेत्रमा परेको समस्यामा सरकार र मन्त्रालय गम्भीर रहेको बताइन् ।

महासंघले संकलन गरेको विवरणअनुसार उक्त आन्दोलन र त्यसपछिका घटनाक्रममा देशभरका १९ वटा सञ्चार संस्थाले करिब ५९ करोड ९३ लाख रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख छ ।

यो क्षतिले नेपालको सञ्चार क्षेत्रलाई गहिरो चोट पुर्‍याएको महासंघको निष्कर्ष छ ।

क्षति पुगेका सञ्चारसंस्थाहरूले नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको तथ्यांक अनुसार मिडिया उद्यमी, सञ्चारकर्मी तथा सञ्चारसँग सम्बन्धित कर्मचारी गरी ३८ जनाको व्यक्तिगत सम्पत्ति तथा निजी सवारी साधन आगजनीका कारण पूर्ण रूपमा नष्ट भएको जनाएको छ ।



जसबाट १७ करोड ८४ लाख रुपैयाँ बराबरको व्यक्तिगत क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

‘घटनाक्रमको प्रत्यक्ष रिपोर्टिङमा खटिएका ५ जना पत्रकार गोलीको छर्रा लागेर घाइते भएका छन् । तीमध्ये केही पत्रकारले उपचार र असुरक्षित अवस्थाका कारण आफ्नो रोजगारीसमेत गुमाउनुपरेको अवस्था छ, जुन अत्यन्तै दु:खद र गम्भीर विषय हो,’ महासंघले भनेको छ ।

‘कान्तिपुर दैनिक र टेलिभिजनले अर्बौं मूल्य तिरेर पनि पुन: प्राप्त गर्न नसकिने महत्वपूर्ण अभिलेख, सामग्री र ऐतिहासिक दस्तावेजहरू सधैंका लागि गुमाएका छन्, जसले प्रेस स्वतन्त्रता र सूचनाको अधिकारमा गम्भीर असर पारेको छ,’ महासंघका सचिव रमेश खतिवडाद्वारा जारी विज्ञप्तिमा छ ।

हालसम्म संकलिन विवरण अनुसार सञ्चार संस्थाहरू र सञ्चारकर्मीका निजी सम्पत्तिसमेत गरी मुलुकको सञ्चार क्षेत्रले कुल ७७ करोड ७७ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेको उनले बताए ।

‘यस परिस्थितिमा, क्षतिग्रस्त सञ्चारकर्मीका निजी सवारी साधन पुन: खरिदका लागि राहत उपलब्ध गराउन, सरकारले आवश्यक सहजीकरण गर्दै क्षतिपूर्ति प्रदान गर्न, साथै क्षति पुगेका सञ्चार माध्यम तथा निजी सम्पत्ति ध्वस्त भएका पत्रकार तथा सञ्चारसम्बद्ध व्यक्तिहरूका लागि विशेष राहत प्याकेज ल्याउन नेपाल पत्रकार महासंघ नेपाल सरकार संग जोडदार माग गर्दछ । घाईते पत्रकारका लागि बिशेष राहत ल्याउन माग गर्दछ,’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । उनको ...
। कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए । ‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले ...
। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् । पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो । निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका ...
। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा ...
। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो । सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम