मुख्य समाचार
मधेश सरकार मातहतका कार्यालयमा छड्के निरीक्षण, ७२ कर्मचारी कारबाहीमा
मधेश सरकार मातहतका कार्यालयमा छड्के निरीक्षण, ७२ कर्मचारी कारबाहीमा

। मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा छड्के निरीक्षण गर्दा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।

पुस १ र २ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना कर्मचारी नियम उल्लंघन गरेको पाइएको हो ।

निरीक्षणका क्रममा पूर्वस्वीकृति बिना अनुपस्थित, तोकिएको पोषाक नलगाएको, हाजिर नगरेकोलगायतका विषयमा अनियमितता भेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, विभिन्न मन्त्रालय, निर्देशनालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्रलगायतका कार्यालयका कर्मचारी रहेका छन् ।

कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला छन् । तहगत रूपमा उपसचिव २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरहका १६, खरिदार सरहका ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् ।

पूर्वस्वीकृति बिना अनुपस्थित ३४ जना र तोकिएको पोषाक नलगाएका ३८ जना भेटिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

नियम उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी सात जिल्लामा समेत अनुगमन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गोरखामा माछा मार्न भनेर गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सिरानचोक गाउँपालिका–७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो करिब २ः३० बजे बरामको शव फेला परेको उनको भनाइ छ । उनको ...
। कांग्रेसको जनसम्पर्क समितिमा भएको क्रियाशील सदस्यतासम्बन्धी विवाद सिधै केन्द्रले हेर्ने भएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले धेरै विवाद भएका क्यानडा, बेलायत र अस्ट्रेलियाको विवाद केन्द्रले नै हेर्ने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले अनलाइनखबरलाई जानकारी दिए । ‘सदस्यतासम्बन्धी समस्या क्यानडा, अस्ट्रेलिया र बेलायतको जनसम्पर्क समितिमा धेरै भयो। यसलाई केन्द्रीय सदस्यता व्यवस्थान समितिले ...
। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा नहुने संकेत गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधविशनको मुखमा क्रियाशील सदस्यता फारममा विवाद देखिएपछि कोइरालाले समयमा नै नहुने संकेत गरेका हुन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको मिति भन्दा ...
। नेपाल पत्रकार महासंघले गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मुलुकभरका सञ्चार माध्यमहरूमा भएको क्षतिको विस्तृत विवरण सरकारलाई बुझाएको छ । महासंघले जेनजी आन्दोलनमा भएको क्षतिको विस्तृत विवरण सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेल र मन्त्रालयका सचिव राधिका अर्याल समक्ष बुझाएको हो । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले ...
। पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–६ स्थित कब्रस्थानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा भेप बरामद गरेको छ । नेपालबाट अवैध रूपले भारतर्फ लैजान उद्देश्यले परालको कुन्युमा लुकाइएको अवस्थामा सशस्त्रको नं. २६ गण पश्चिम नवलपरासी र सीमा सुरक्षा गुल्म हरपुरबाट खटिएको टोलीले भेप बरामद गरेको हो । सशस्त्रले करिब ४५ लाख रुपैयाँ बराबरको ९ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम