मुख्य समाचार
रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहाइ गर्न आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। अदालतको उक्त आदेशसँगै लामिछाने २ करोड ७४ लाख ८४ हजार विगो बुझाएर रिहा हुने भएका हुन्।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा छोड्न भनेको हो।


बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग-पत्र दायर गरिएको थियो ।


लामिछानेले चार भागमध्ये आफ्नो एक भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।

सोही मुद्दाका प्रतिवादी छविलाल जोशीले पनि बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश भएको थियो।

बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएकोमा अदालतले दुवै मुद्दा साथै राख्ने आदेश गरेको थियो । लामिछाने पूर्पक्षका लागि नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणका लागि प्रदेशगत ...
। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताएका छन् । कांग्रेसले विगतमा आफूभित्रको घाउ पीडा विर्सेर राष्ट्रिय शक्तिको भूमिका निर्वाह गरेको महामन्त्री थापाले स्मरण गर्दै भने, ‘सबै कुरा विर्सेर हिंसाको आहालबाट देशलाई बाहिर निकालेको होइन ? त्यसपछिको चुनाव हारेको होइन हामी ? चुनाव जित्ने र हार्नेको हिसाब किताब गरेको ...
: जेनजी आन्दोलनको मौका छोपेर काठमाडौंस्थित कारागारबाट भागेकी एक जना महिला विराटनगरमा पक्राउ परेकी छन्। फरार भएर विराटनगर आइपुगेकी मानब बेचबिखन मुद्दाकी प्रतिवादीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर छन्। उनलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कनजिकबाट राति ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ...
। काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु ...
: भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ। जेनजी आन्दोलन भएको तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक र निजी सम्पतिमा आगजनी गर्नेहरूलाई पक्राउ गर्न थालेको हो। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम