: नेकपा एमालेका निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा लोकप्रिय मत पाएका छन्। एमालेको ११औँ महाधिवेशनबाट ज्ञवालीले १९४२ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
महाधिवेशनमा केपी शर्मा ओली प्यानलबाट उपाध्यक्ष पद अस्वीकार गरेका ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए।
महासचिवको टिकट नपाएपछि उनले उपाध्यक्षमा उम्मेदवारी दिएका थिएनन्। उनको स्थानमा ओली प्यानलबाट रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। पन्त १२५८ मत ल्याएर उपाध्यक्षमा विजयी भएका छन्।