मुख्य समाचार
गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताए
गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताए

। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएको हुँदा अभिभावकीय जिम्मेवारी हुने बताएका छन् ।

कांग्रेसले विगतमा आफूभित्रको घाउ पीडा विर्सेर राष्ट्रिय शक्तिको भूमिका निर्वाह गरेको महामन्त्री थापाले स्मरण गर्दै भने, ‘सबै कुरा विर्सेर हिंसाको आहालबाट देशलाई बाहिर निकालेको होइन ? त्यसपछिको चुनाव हारेको होइन हामी ? चुनाव जित्ने र हार्नेको हिसाब किताब गरेको होइन नि । हाम्रो जिम्मेवारी निर्वाह गरेको हो नि ।’


अहिले त्यस्तै भूमिकामा कांग्रेस देखिनुपर्ने महामन्त्री थापाले बताए ।

फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्थाका लागि सर्वाधिक महत्वपूर्ण रहेको बताएका छन् । पोखरामा आयोजिक कार्यक्रममा महामन्त्री थापाले फागुन २१ गते चुनाव नभएर अर्को बाटो लिएर दुर्घटनातिर लाने बताए ।


‘बंगलादेश, श्रीलंका, माल्दिभ्स्, पाकिस्तान देशहरु भन्दा भारत ठिक ढंगले अघि गइरहेको छ । भारतमा इलेक्सनको चक्र बे्रेक भएको छैन,’ महामन्त्री थापाले भने, ‘हार्नेले जित्नेलाई स्वीकार गर्छ । सत्ताको हस्तान्तरण बडो सहज ढंगले हुन्छ । नेपालमा त्यो बे्रेक भयो ।’

२०६२/०६३ सालपछि निर्वाचन चक्रमा ब्रेक नभएको उनले बताए । तोकिएको समयमा चुनाव गराउने प्रमुख जिम्मेवारी सरकारको भएको महामन्त्री थापाले बताए । दलहरूसँग संवाद गर्ने र कोहीका मनमा संशय भए हटाउने कार्य सरकारको भएको थापाले बताए ।

‘तटस्थ भूमिका दलहरूको रहनुपर्दछ । र, दलहरुले पनि साथ दिनुपर्दछ,’ महामन्त्री थापाले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ । आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणका लागि प्रदेशगत ...
: जेनजी आन्दोलनको मौका छोपेर काठमाडौंस्थित कारागारबाट भागेकी एक जना महिला विराटनगरमा पक्राउ परेकी छन्। फरार भएर विराटनगर आइपुगेकी मानब बेचबिखन मुद्दाकी प्रतिवादीलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर छन्। उनलाई लुकिछिपी बसेको अवस्थामा विराटनगर महानगरपालिका–११ बसपार्कनजिकबाट राति ८ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता ...
। काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २० वर्षीय बबिन गुरुङ छन् । गोंगबुको कुलान्त मार्गस्थित शुभलक्ष्मी गेस्ट हाउसमा बस्दै आएका उनको दोहोरी साँझमा झगडा गरेको समूहले आक्रमण गर्दा मृत्यु ...
: भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगन्जमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ। जेनजी आन्दोलन भएको तीन महिनापछि मात्रै जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक र निजी सम्पतिमा आगजनी गर्नेहरूलाई पक्राउ गर्न थालेको हो। यसै क्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगन्ज महानगरपालिका-३ स्थित घरमा आगजनी ...
। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तिव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरे सँगै घाइतेको वर्गीकरणले तिव्रता पाएको हो । कार्यविधिअनुसार घाइते भएका व्यक्तिको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम