। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ ।
आवेदन प्राप्त हुने क्रम जारी रहेको रास्वपाले जानकारी गराएको छ । आवेदकहरूलाई सातै प्रदेशमा छलफलका गर्ने रास्वपा सचिवालय बैठकले निर्णय गरेको छ । आवेदकहरुसँग ५ पुसमा छलफल गरिने भएको छ । छलफलको सहजीकरणका लागि प्रदेशगत नेताहरु तोकिएको छ ।
छलफल सहजीकरणका लागि समानुपातिकतर्फ उम्मेदवारी नदिएका केन्द्र र प्रदेशका नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।
सहजकर्ताका लागि कुन नेतालाई कहाँ खटाइयो ?
कोशी:
विपिन कुमार आचार्य, निशा डाँगी, अशोक कुमार चौधरी, सरिन तामाङ ।
मधेश:
मनिष झा, राजन गौतम, बिन्दबासिनी कंसाकार, तपेश्वर यादव।
बागमती:
विराज भक्त श्रेष्ठ, डा. तोसिमा कार्की,
रामकृष्ण भट्टराई, उपेन्द्र पाण्डे
गण्डकी:
शिशिर खनाल, असिम शाह, शिव नेपाली, मोहन थापा, राजन गौतम।
लुम्बिनी:
गणेश पराजुली, क्रान्ति शिखा धिताल, लक्ष्मी तिवारी, देवराज पाठक।
कर्णाली:
हरि ढकाल, बिनिता कठायत र मदन खड्का।
सुदूरपश्चिम:
दिपकराज बोहरा, ध्रुव गिरी, प्रकाश बिष्ट।