मुख्य समाचार
पर्वत कैदीबन्दीको भान्साघर निर्माणमा भ्रष्टाचार, तत्कालीन जेलरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पर्वत कैदीबन्दीको भान्साघर निर्माणमा भ्रष्टाचार, तत्कालीन जेलरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

— कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका तत्कालीन जेलरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।



पर्वत कारागारका तत्कालीन प्रमुख शिला श्रेष्ठ तथा भान्साघर निर्माणका लागि बोलपत्र मुल्यांकन समितिका सदस्यहरू विकास अधिकारी, हरिकृष्ण शर्मा र सुभाष घर्ती तथा निर्माणको ठेक्का पाएको मोदीकाली कन्स्ट्रक्सनका प्रोपाइटर प्रदीप तिमिल्सनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ लाख ५५ हजार ७ सय ३५ रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जेलर श्रेष्ठविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपरको मागदावी लिइएको छ । मुल्यांकन समितिका तीन र ठेकेदार तिमल्सिनालाई कायम भएको बिगो बमोजिम छुट्टै जरिवाना तथा कैद सजाय मागदावी लिइएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

जेलर श्रेष्ठसहित बोलपत्र मूल्याङ्कन समितिमा सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङका इन्जिनियर अधिकारी, कारागार कार्यालय, कुस्मा पर्वतका नायब सुब्बा शर्मा र कोष तथा लेखा नियन्त्रण पर्वतका सह–लेखापाल घर्ती तथा ठेकेदार तिमल्सिनाको मिलेमतोमा ठेक्का लगाइएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
आव २०७८/७९ का लागि पर्वत कारागारमा कैदीबन्दीका लागि भान्साघर बनाउन ६३ लाख ७२ हजार ३ सय ९४ रुपैयाँको लागत अनुमान तयार भएको थियो । अख्तियारमा अनुसार कारागार कार्यालय, पर्वतका कार्यालय तत्कालीन प्रमुख, इन्जिनियर र निर्माण व्यवसायी समेतको मिलेमतोमा आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

स्वीकृत लागत अनुमानकै आधारमा बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरी पेस भएका बोलपत्रमध्ये सबैभन्दा कम ४२ लाख १६ हजार ६ सय ५८ रुपैयाँ कबोल गर्ने सौर्य किरण कन्स्ट्रक्सनलाई ठेक्का नदिई मिलेमतोमा मोदी कालीलाई ठेक्का सुम्पिएपछि अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धान गर्ने क्रममा जेलर, बोलपत्र मुल्यांकन समिति र ठेकेदारको मिलेमतोमा भान्सा घरको भवन निर्माणमा अनियमितता गरेको खुलेको थियो ।

अख्तियारले पनि सबैभन्दा कम कबोल अंक र बढी कबोल गर्नेलाई दिइएको ठेक्काको रकममा हुन आउने फरक रकमलाई नै बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


‘प्रथम न्यून मूल्याङ्कन बोलपत्र पेस गर्ने सौर्य किरण कन्स्ट्रक्सनले पेस गरेको बोलपत्रलाई गलत रूपमा व्याख्या गरी प्रतिस्पर्धामा अयोग्य बनाएर मूल्याङ्कन समितिले मनोमानी रूपमा बदनियत राखी लक्षित निर्माण व्यवसायीलाई ठेक्का सुम्पने नियतले ठेक्का रुग्ण हुने भनी कसुरबाट उम्कन कपोलकल्पित आधार खडा गरी कार्यालयको स्वीकृत लागत अनुमान भन्दा समग्रमा ०.०२ प्रतिशत न्यून कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनको बोलपत्र स्वीकृत गरेको देखिँदा सौर्य किरण कन्स्ट्रक्सनको कबोल अंक फरक २१ लाख ५५ हजार ७ सय ३५ रुपैयाँ हानी नोक्सानी एवं प्रतिवादीहरूलाई गैरकानूनी लाभ भएको देखिएको’ अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्। थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि सम्बोधन गर्दै उनले न्याय पाउन बाँकी रहेको बताए। उनले भने- 'उनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन। सम्पूर्ण ...
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— काठमाडौंबाट चितवन हुँदै शुक्रबार साँझ रूपन्देही आइपुगेका रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत रूपन्देहीमा उपस्थित भएर थुनामुक्त भएका छन् । उनी शुक्रबार साँझ ५ बजेर ३७ मिनेटमा अदालतमा उपस्थित भएका हुन् । तुलसीपुर उच्च अदालतको आदेशमा रिहा भएपछि आवश्यक कागजी प्रक्रिया पूरा गर्न शुक्रबार साँझ जिल्ला अदालतमा उपस्थित भएका हुन् । खराब मौसमका कारण काठमाडौंबाट ...
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम