मुख्य समाचार
अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु
अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो।


विमान फ्लोरिडातर्फ उडेको केहीबेरमै खराब मौसमका कारण फर्किन खोज्दा स्थानीय समयानुसार बिहान करिब १०:१५ बजे दुर्घटना भएको हो। स्थानीय तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा विमान रनवेमा आगोले घेरिएको अवस्था देखिएको छ।


अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धानका लागि टोली पठाइरहेको र शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रारम्भिक जानकारी दिने भएको छ।

दुर्घटनामा पूर्व नास्कार रेसिङ चालक ग्रेग बिफल, उनकी पत्नी क्रिस्टिना तथा दुई सन्तान राइडर र एम्माको मृत्यु भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्।

परिवारले जारी गरेको संयुक्त विज्ञप्तिमा यो दुर्घटनाले परिवारमा अकल्पनिय र गहिरो पिडा दिएको उल्लेख गरिएको छ। ग्रेग बिफल र उनको परिवारसँगै विमानमा थप तीन जना यात्रु पनि सवार थिए।

उनीहरू डेनिस डटन, उनका छोरा ज्याक डटन तथा ‘नास्कार’ समुदायका लामो समयदेखि सक्रिय सदस्य क्रेग वाड्सवर्थ रहेको परिवारको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम