मुख्य समाचार
सुडान शरणार्थी शिविरमा अप्रिलमा भएको भीषण आक्रमणमा एक हजारको मृत्यु
सुडान शरणार्थी शिविरमा अप्रिलमा भएको भीषण आक्रमणमा एक हजारको मृत्यु

— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।



राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ ।

सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ । संयुक्त राष्ट्रसङ्घ मानव अधिकार कार्यालयका कार्यालयले आक्रमणका क्रममा व्यापक हत्या, यौन हिंसा, यातना तथा अपहरणका घटनाहरू भएको जनाएको छ ।

अप्रिल ११ देखि १३ तारिखको बीचमा भएको उक्त आक्रमणमा ‘कम्तीमा एक हजार १३ जना सर्वसाधारणको हत्या भएको पुष्टि गरिएको’ संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ । यसका साथै ‘कम्तीमा ३१९ जनालाई 'मृत्युदण्ड दिइएको’ तथ्यसमेत प्रमाणित भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघको मानव अधिकार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'केही व्यक्तिलाई आरएसएफले घर–घरमा खोजी गर्दै उनीहरूकै घरभित्र हत्या गरियो भने अरूलाई मुख्य बजार, विद्यालय, स्वास्थ्य केन्द्र तथा मस्जिदजस्ता सार्वजनिक स्थलहरूमा मारियो ।'

आक्रमणका कारण जामजाम आइडिपी शिविरका चार लाखभन्दा बढी बासिन्दा पुनः विस्थापित हुन बाध्य भएका छन् । पहिले नै द्वन्द्वका कारण विस्थापनको पीडा भोगिरहेका नागरिकहरू फेरि घरबारविहीन बन्नुपरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो आक्रमण पश्चिमी डार्फर क्षेत्रमा रहेको सुडानी सेनाको अन्तिम गढ मानिने एल–फासेर सहर कब्जा गर्न अर्धसैनिक बलले बढाएको दबाबको एक अंश थियो ।


आरएसएफले उक्त सहर अक्टोबरको अन्त्यतिर नियन्त्रणमा लिएको थियो, जसका क्रममा थप सामूहिक हत्या, यौन हिंसा, अपहरण र लुटपाटका घटनाहरू भएको रिपोर्ट गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भनेका छन्, 'नागरिक वा लडाइँबाहिर रहेका व्यक्तिहरूको यसरी जानाजानी हत्या गर्नु हत्यासम्बन्धी युद्ध अपराध हुन सक्छ ।' उनले जामजाम आइडिपी शिविरमा भएको आक्रमणको निष्पक्ष, गहन र प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

टर्कले भने, 'अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई निष्पक्ष कानूनी प्रक्रियाभित्र ल्याई जिम्मेवार ठहर गरिनुपर्छ र सजाय दिनुपर्छ ।'

उनले पीडितहरूका लागि न्याय सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको उल्लेख गरे ।

यो प्रतिवेदन येल विश्वविद्यालयले सार्वजनिक गरेको एक अध्ययनको दुई दिनपछि आएको हो, जसमा आरएसएफले एल–फासेरमाथि नियन्त्रण लिएपछि उनीहरूले गरेको सामूहिक हत्याका प्रमाणहरू नष्ट र लुकाउने प्रयास गरेको पाइएको थियो । उक्त अध्ययनले यौन हिंसाको सुनियोजित ढाँचासमेत उजागर गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार अप्रिल ११ देखि मे २० को बीचमा कम्तीमा १०४ जना पीडितमाथि यौन आक्रमण भएको पुष्टि गरिएको छ । तीमध्ये ७५ जना महिला, २६ जना किशोरी र तीन जना किशोर रहेका छन् । उनीहरू प्रायः जाघावा जातीय समुदायका थिए ।

कार्यालयका अनुसार ती पीडितहरू बलात्कार, सामूहिक बलात्कार तथा यौन दासत्वजस्ता भीषण यौन हिंसाको सिकार बनेका थिए । यी घटनाहरू शिविरमाथि आक्रमण भइरहँदा मात्र नभई, सुरक्षित स्थानतर्फ भाग्ने क्रममा प्रयोग गरिएका बाहिरिने मार्गहरूमा पनि भएका थिए ।

टर्कले भने,'यस प्रतिवेदनका निष्कर्षहरूले सुडानमा चलिरहेको अत्याचार र हिंसाको चक्र अन्त्य गर्न द्रुत र निर्णायक कारबाही आवश्यक रहेको कुरा फेरि एकपटक स्पष्ट रूपमा सम्झाएका छन् ।' उनदले अन्तर्राष्ट्रिय समुदायको उदासीनताप्रति चिन्ता व्यक्त गरे ।

उनले भने, 'संसारले पछाडि बसेर सुडानमा यस्ता क्रुरता दिनप्रतिदिन सामान्य घटनाजस्तै हुँदै गएको दृश्य हेरेर बस्न मिल्दैन ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय पप गायक, द भ्वाइस अफ नेपालका निर्णायक तथा मङ्गोलियन हार्ट ब्यान्डका मुख्य गायक राजु लामाले युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रस सफलतापूर्वक आरोहण गरेका छन् । सामाजिक संजालबाट उनले आफूले ५६४२ मिटर अग्लो हिमाल चढेको जनाएका छन् । लामाले एल्ब्रस आफ्नो ‘सेभेन समिट्स च्यालेन्ज’ अन्तर्गतको तेस्रो सफल आरोहण रहेको बताएका छन् । उनले पर्वत र प्रकृतिसँग ...
। उत्तर कोरियाली प्रिमियर पाक थाई-सोङ शुक्रबार चीन प्रस्थान गर्दै छन्। उनी दुई देशबीचको मैत्री सन्धि स्थापना भएको वर्षगाँठ मनाउन तीन दिने भ्रमणका लागि त्यहाँ जान लागेका हुन्। यो भ्रमणले यी दुई परम्परागत मित्र राष्ट्रहरूबीचको सम्बन्धमा सुधार आउँदै गरेको अर्को संकेत दिन्छ। यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहायता सम्झौतामा हस्ताक्षर भएको ६५औँ वर्षगाँठ ...
। अमेरिकी सेनाले इरानमाथि लगातार दोस्रो रात पनि आक्रमण गरेको बताएको छ। उसले इरानभरि करिब ९० वटा ठेगानाहरूलाई निशाना बनाएको छ। अमेरिकी सेन्टकमले यी आक्रमणहरूका भिडियोहरू एक्समा पोस्ट गरेको छ। सेन्टकमले यी आक्रमणहरूको उद्देश्य होर्मुज स्ट्रेटमा कमर्सियल जहाजहरू र निर्दोष नाविकहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई अझ कमजोर बनाउनु रहेको लेखेको छ। निशाना बनाइएका ठेगानाहरूमा एयर डिफेन्स सिस्टम ...
: अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानविरुद्धको शृङ्खलाबद्ध आक्रमणका क्रममा ८० भन्दा बढी ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ। सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै सेन्टकमले होर्मुज स्ट्रेट भएर गुड्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको जवाफमा यो कारबाही गरिएको जनाएको छ। सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज स्ट्रेट र त्यसको वरपरका क्षेत्रमा इरानी हवाई रक्षा प्रणाली ...
। इरानमा अमेरिकी आक्रमणको नयाँ शृङ्खलाका कारण कतारले आपतकालीन सुरक्षा सतर्कता जारी गरेको छ । बहराइन र कुवेतमा पनि खतराको संकेतस्वरुप चेतावनीका साइरनहरू बजेका छन् । कतारको गृह मन्त्रालयले आफ्ना नागरिक र बासिन्दाहरूलाई पठाएको आपतकालीन सन्देशमा सुरक्षा खतराको स्तर उच्च रहेको बताउँदै सार्वजनिक स्थानमा ननिस्कन र घर वा सुरक्षित स्थानमा रहन तथा आधिकारिक निर्देशनहरू पालना ...