मुख्य समाचार
टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध
टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध

— तेस्रो कार्यकालमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले टोल–टोलमा सुरक्षा समिति बनाएर सुरक्षा गर्न अनुरोध गरेका छन्।


उनले सरकारको मात्रै भर पर्दा धोका पाउन सकिने भन्दै एक हप्ताभित्र देशभर टोल–टोलमा सुरक्षा समिति बनाउन निर्देशन दिए। उनले आफ्नै खुट्टामा उभिएर आफ्नै सुरक्षा गर्नुपर्ने भन्दै अहिले देशमा असुरक्षा रहेको बताए। उनले एमाले र अन्य पार्टीहरूलाई अनुरोध गर्दै भने, ‘टोल–टोलमा सुरक्षा समिति अविलम्ब बनाउनुहोस्। एक हप्ताभित्र।’

उनले अहिले देशमा अराजकता मच्चाउन खोजिएको र एमालेले त्यसलाई रोक्ने दाबी पनि गरे। उनले देशमा कसैले शान्तिको अनुभूति गर्न नपाइरहेको बताउँदै शान्तिको अनुभूति गराउने काम आफ्नै सुरक्षा प्रबन्धबाट मात्रै हुने तर्क गरे। उनले सही कुरा गर्न नडराउन आग्रह गर्दै एमाले साथमा रहेको बताए। उनले उद्योग व्यवसायीहरूलाई सम्बोधन गर्दै एक समय आगो लगाउन आए पनि अब त्यस्ता कुराले स्थान नपाउने भन्दै आफूहरूले त्यसको सुरक्षा गर्ने बताए। उनले भने, ‘तपाईंहरूको उद्योग जलाउन कोही आउँदैन। टोल सुरक्षा समितिले रक्षा गर्छ।’


उनले प्रहरीको मनोबल कमजोर पार्न प्रहरीलाई अनुचित दबाब दिने काम भइरहेको तर्क पनि गरे। उनले जागिरबाट हट्नेबित्तिकै अनुसन्धान विभागका प्रमुखको पासपोर्ट रोक्का गरिएकोमा पनि आक्रोश व्यक्त गरे। उनले भने, ‘अवकाश पाएको एक घन्टाभित्रै प्रहरी महानिरीक्षकलाई स्थानहद तोक्ने ?’ उनले प्रहरीको मनोबल गिराउन यसो गरिएको पनि बताए।

उनले जेन-जी सँग भएको सम्झौता लागु गर्न नदिने बताउँदै राजनीतिक दलहरु यसमा सजग हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता ...
— काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ ...
— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ । समग्रमा उक्त खण्डको प्रगति ...
— अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले निर्वाचनको वातावरण तयार गर्न सरकार दृढताका साथ लागिरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह पनि गरेका छन् । रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, ...
— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम