तेस्रो कार्यकालमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले चुनावको तयारी नगरी षड्यन्त्रको तयारी गरिरहेको बताएका छन्। सपथग्रहणपछि बोल्दै उनले सरकारले अनधिकृत धाक लगाउने काम गरिरहेको बताउँदै भने, ‘त्यसलाई हामी सशक्त रूपमा अस्वीकार गर्छौँ।’ उनले राष्ट्रलाई अदालतले विकल्प दिने बताउँदै सरकार असंवैधानिक तरिकाले गठन भएको बताए।
उनले २४ गते अचानक धोका भएको बताउँदै भने, ‘अहिले देशमा अराजकता मच्चाउन खोजिएको छ। हामी त्यसलाई रोक्छौँ।’