मुख्य समाचार
वीरगन्जबाट प्रहरीले करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८०० बोरा सुपारी बरामद
वीरगन्जबाट प्रहरीले करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८०० बोरा सुपारी बरामद

: राजस्व छलेर भित्र्याइएको आशंकामा वीरगन्जबाट प्रहरीले करिब ४ करोड ७७ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको १८०० बोरा सुपारी बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-२ बाइपास सडकस्थित निशान्त रोनावतको उद्योगको गोदाम र गोदाम अगाडि रहेको दुईवटा कन्टेनर गाडीबाट बिहीबार प्रहरीले १८०० बोरा सुपारी बरामद गरेको हो।


तेस्रो मुलुकबाट वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको उक्त परिमाणको सुपारी महोत्तरीको बर्दिवास पठाउनु पर्नेमा कन्टेनरबाट अनलोड गरेर वीरगन्जको गोदाममा भण्डारण गर्ने क्रममा प्रहरीले छापा मारेर बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए।


प्रहरी उपरीक्षक पाठककै नेतृत्वमा खटिएको टोलीले गोदाम अगाडि रोकेर राखेको ना ७ ख ७४२० र ना ४ ख ६८३२ नम्बरको कन्टेनर गाडीबाट ९०० बोरा तथा गोदामभित्र भण्डारण गरिएको ९०० बोरा गरि कूल १८०० बोरा सुपारी बरामद गरेको हो। ती दुवै कन्टेनर गाडीका चालकद्वय बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२० का ४१ वर्षीय रामभरोस महरा र जीतपुरसिमरा उपमहानगरकै वडा नम्बर १९ का ५१ वर्षीय रामप्रसाद यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

बरामद सुपारीसहितका दुई वटा कन्टेनर गाडी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै साँघ राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए। वीरगन्ज भन्सार नाका हुँदै भित्र्याइएको उक्त सुपारीको कागजातमा उक्त सुपारीको अन्तिम गन्तव्य स्थान महोत्तरी लेखेको उल्लेख रहेकोमा सिधै महोत्तरी नपठाइ कन्टेनर खोलेर गोदाममा भण्डारण गरेकाले शंकास्पद देखिएपछि प्रहरीले छापा मारेर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए।

उक्त सुपारी रोशन रनावत नाम गरेका व्यापारीको रहेको र उनि सुपारी लगायतका सामानको अवैध कारोबार गर्ने व्यक्ति रहेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले बरामद गरेको सुपारीको सम्पूर्ण कागजात वैध रहेको दाबी गरे पनि वीरगन्ज नाकाबाट राजस्व तिरेर भित्र्याएर अवैध रूपमा भारत निर्यात गर्ने तयारी गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
— सर्वोच्च अदालतले सरकार र जेन-जी बीचको सम्झौताविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेको हो । साथै अन्तरिम आदेशको विषयमा छलफल गर्न पुस ११ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रधानमन्त्री ...
— कोशी प्रदेशमा भ्रमण वर्ष चलिरहेका बेला ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले चैत र वैशाख महिनामा यस क्षेत्रको पदयात्रा गर्ने/गराउने भएको छ । चैत २६ देखि वैशाख ४ गते सम्म सयौंको सङ्ख्यामा मानिसहरू सहभागी हुने गरी पदयात्रा गराउने तयारी गरिएको हो । ‘नयाँ वर्ष टिपतालाबाट’ भन्ने नारासहित तयार गरिएको कार्यक्रम अनुसार कोशी प्रदेशका खासगरी तेह्रथुम, सङ्खुवासभा र ...
: धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा यस वर्षको पौषे औंशीका अवसरमा पितृ उद्धारका लागि ५ हजारभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन्। मुलुकको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक तीर्थ स्थलका रूपमा परिचित विष्णुपादुकामा पौषे औंशीको अवसरमा बिहीबार र शुक्रबार देश–विदेशबाट श्रद्धालुहरू यहाँ आएका थिए। धार्मिक विश्वासअनुसार भगवान् विष्णुले त्रिविक्रम अवतारमा बलि राजासँग तीन पाउ भूमि ...
— स्रोत नखुलेको करिब २० लाखसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका-७ बाट उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबार अपरान्ह स्रोत नखुलेको १९ लाख ९२ हजार ५ सयसहित लमजुङको सुन्दरबजार नगरपालिका -२ का रामचन्द्र शर्मा र झापाको मेचीनगर नगरपालिका-७ का शेरबहादुर राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले दोलखाका प्रहरी निरक्षक श्रीराम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम