मुख्य समाचार
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको घटनामा दुई जना आरोपित धरौटीमा छुटे
मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको घटनामा दुई जना आरोपित धरौटीमा छुटे

— सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा १९ वर्षीय मुकेशकुमार यादवको मृत्यु भएको घटनामा दुई जना आरोपित धरौटीमा छुटेका छन् । घटनाका आरोपित अर्का नाबालकलाई भने अभिभावकको जिम्मामा छाडिएको छ ।



सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको एकल इजलासमा गत सोमबार र मंगलबार सुनुवाइ हुँदा उक्त आदेश जारी भएको हो । आरोपीहरु राजविराज नगरपालिका–१६ बोरियाकी ३५ वर्षीया सरोकुमारी साहलाई दुई लाख र २५ वर्षीय सन्तोषकुमार राउतलाई एक लाख धरौटी तोकिएको छ भने बोरियाकै १८ वर्षीय रवीन्द्र ठाकुर नाबालकको हकमा अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुरी पुरीले बताए ।

मोबाइल चोरी गरेको आरोपमा सरोकुमारीले गत मंसिर ३ मा मुकेशकुमारलाई पक्रेर छिमेकीको सहयोगमा आँपको रुखमा बाँधेर निर्घात कुटपिट गराएकी थिइन् । कुटपिट गर्दै मुकेशले चोरेको मोबाइल जिल्लाकै विष्णुपुर गाउँपालिका–४ कन्कट्टास्थित आफ्नो मामाघर लगेको आशंका गरी उनीहरूले ई–रिक्सामा बाँधेरै उनलाई त्यहाँ लगेका थिइन् ।

त्यहाँ पनि मोबाइल नभेटिँदा उनीहरू झन् आक्रोशित हुँदै त्यहीँ ई–रिक्सामा बाँधेर कुटपिट गर्दै फेरि बोरिया फर्काउनुअघि नै मुकेश अचेत भएपछि परिवारको जिम्मा लगाएकी थिइन् । तर, फेरि पनि कुट्न सक्ने डरले मुकेशलाई त्यो दिन घरबाहिर निकाल्नै नसक्दा अस्पताल पुर्‍याउन सकेनन् । भोलिपल्ट मुकेश ज्वरोले पनि ग्रसित भएपछि मंसिर ५ मा मात्रै उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । त्यहाँ सघन कक्ष (आईसीयू) नरहँदा उनको उपचार हुन सकेन । दिउँसो रेफर गरेर राजविराजकै छिन्नमस्ता अस्पताल लगेकामा मुकेशको उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनको पोस्टमार्टम रिपोर्टमा स्पष्ट नदेखिएपछि भिसेरा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार (ललितपुर) पठाइएको छ । तर, रिपोर्ट अझै आइसकेको छैन । रिपोर्ट आउनुअघि नै आरोपित छुट्दा पीडित परिवार निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता ...
— काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै महानगरपालिकाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका महानगरपालिका शिक्षा विभागले जानकारी दिएको छ । हाल महानगरपालिकाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ ...
— स्तरोन्नति थालिएको नागढुंगा–नौबिसे सडक खण्डको १२.२६ किलोमिटरमा सय मिटरबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्रको काम सकिएको छ । २४ मंसिरदेखि १ पुससम्म उक्त खण्डमा दिनहुँ ५ घण्टा सवारी आवागमन बन्द गरेर काम गरिएको थियो । अहिले झ्याप्ले खोला र खत्रीपौवास्थित पुल आसपासमा रहेको पहुँच सडकबाहेक सबै खण्डमा दोस्रो तहको कालोपत्र सकिएको छ । समग्रमा उक्त खण्डको प्रगति ...
— अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक स्थिरता नभएसम्म आर्थिक सूचक राम्रो नहुने भएकाले अहिलेको संकट समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । उनले निर्वाचनको वातावरण तयार गर्न सरकार दृढताका साथ लागिरहेकाले त्यसमा प्रतिबद्ध भएर आउन राजनीतिक दललाई आग्रह पनि गरेका छन् । रूपन्देही उद्योग संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको ‘१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, ...
— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो। चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम