— मकवानपुर प्रहरीले गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले चितवनको राप्ती नगरपालिका-१२ का १९ वर्षीय निसान चेपाङ र सोही ठाउँका १८ वर्षीय सागर चेपाङलाई पक्राउ गरेको हो।
चितवनबाट वीरगन्जतर्फ गइरहेको ना.६.ख.१६१७ यात्रु बाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा चेपाङद्वयले बोकेको झोलाबाट ११ केजी १३० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुष्कर बोगटीले बताए ।
प्लाष्ट्रिकले प्याक गरेर झोलामा गाँजा लुकाएर ल्याएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आवमा ६ हजार ४ केजी गाँजा बरामद गरेको थियो । लागुऔषध ओसार पसार र कारोबार गरेको आरोपमा २८९ जनालाई पक्राउ गरेको थियो ।