— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...