मुख्य समाचार
नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्यका साथ पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न
नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्यका साथ पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

— नेपाल र भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने लक्ष्यका साथ पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डले काठमाडौंस्थित भारतीय दूतावास र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा २०८२ आयोजना गरेको उक्त कार्यक्रम विशेषतः भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेशबीच पर्यटन साझेदारी सुदृढ गर्ने विषयमा केन्द्रित थियो।



गण्डकी प्रदेशको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्षसमेत मनाइएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई सकारात्मक र स्वागतयोग्य कदमका रूपमा उल्लेख गरे।

भारतीय दूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ गति दिएको बताउँदै नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटहरूको संयुक्त प्रवर्द्धनमा सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन दुवै पक्षबीच समन्वय आवश्यक रहेको उनले बताए।

यस अवसरमा उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन सर्किटहरूबारे प्रस्तुति दिएका थिए। उनले आगामी माघ मेलालाई विशेष आकर्षणका रूपमा प्रस्तुत गर्नुका साथै प्रदेशमा पर्यटन नीति कार्यान्वयनका क्रममा अपनाइएका अभ्यासहरूबारे जानकारी गराए।

कार्यक्रमअन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना तथा नेपालबाट ६० जना पर्यटन व्यवसायी र टुर अपरेटरहरूको सहभागिता रहेको थियो। छलफलमा स्थलमार्गमार्फत हुने अन्तरदेशीय पर्यटन प्रवर्द्धन, बौद्ध सर्किट, वन्यजन्तु, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सम्भावित सहकार्यका विषयमा केन्द्रित संवाद भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।


यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि २०८२ मंसिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो। उक्त भ्रमणमार्फत पोखरा र आसपासका गन्तव्यहरूको प्रत्यक्ष अनुभवले पर्यटन सहकार्यलाई व्यवहारिक तहमा विस्तार गर्ने अपेक्षा गरिएको बोर्डको भनाइ छ।

नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय तथा अन्तरदेशीय कार्यक्रमहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा देवचन्द्र लाल कर्णलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका उपमहानिर्देशक कर्णलाई महानिर्देशक नियुक्त गरिएको हो । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कर्णले शुक्रबार पद बहाली गरेका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरस्थित नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोग लगाएर ...
: नेकपा एमालेले पुर्नस्थापना हुने संसदबाट जेनजीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ। एमालेको ११ औं राष्ट्रिय महाधिवशनले विभिन्न २४ बुँदै राजनीतिक प्रस्ताव पारित गर्दै पुनर्स्थापना हुने संसदमार्फत् युवाहरुका मागहरु संवैधानिक बाटोबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो। जिम्मेवार दलहरुलाई वेवास्ता गरिएको र कार्यान्वयन हुन नसक्ने सम्झौताका नाममा सरकारले वास्तविक जेन–जीहरुलाई झुक्याउने र धोखा दिने काम ...
— एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउनेवाला पार्टी नभएको बताएका छन् । शुक्रबार ११औं महाधिवेशनबाट निर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक, सच्चा कम्युनिस्ट पार्टी भएको जिकिर गर्दै त्यसका हरेक सदस्यले कडा अनुशासनमा रहेर काम गर्नुपर्ने बताएका हुन् । पार्टीको सामूहिक प्रयासबाट निकालिएका नीतिविपरीत नचल्न पनि ...
: मोरङमा हाँगा झार्ने क्रममा रुखबाट लडेर बिहीबार साँझ एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जहदा गाउँपालिका–१ बुधनगर टोलका ६० वर्षीय बुद्धिराम राजवंशीको मृत्यु भएको हो । हाँगा काट्न साँझ ६ बजेतिर आफ्नै खेतमा रहेको पिठारीको रुखमा चढेका उनी उक्त रुखबाट अचानक खसेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई ...
— अदालतको आदेश कार्यान्वयनको माग राख्दै पुस १ गते जिल्ला प्रशासन बाँकेको प्रवेशद्वार अगाडि आमरण अनशनमा बसेका सहकारी वित्तीय विकास संस्था नेपालगन्जका बचतकर्ता विजय गुप्ताकाे अनशन तेस्रो दिनमा तोडिएकाे छ । लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका निमित्त सचिव अनिल मरासिनी र सहकारी वित्तीय विकास संस्थाका पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाका बीचमा दुई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम